सुकेपोखरी खण्डको सिमाना बजारमा प्रभावकारी संरक्षण उपायसित कार्यशाला सम्पन्न
Sukhia pokhari


खरसाङ, 18 नोभेम्बर (हि.स.)। सुकेपोखरी खण्ड अन्तर्गत सिमाना बजार सर्वाजनिक भवनमा आज प्रभावकारी संरक्षण उपायसित सम्बन्धित चतुर्थ चरणको परामर्श कार्याशाला सम्पन्न भयो। कार्यशालाको मुख्य उद्देश्य जैवविविधता संरक्षण, सतत विकास तथा समुदाय आधारित नवाचारहरुमाथि विस्तृत रुपमा चर्चा गर्नु रहेको थियो।

कार्यक्रमलाई अशोका ट्रस्ट फर रिसर्च इन इकोलोजो एन्ड इन्भाइरोन्मेन्ट (एट्री) का शोध सहायक सौरभ कौशिक, डा. अवन्तिका थापाले जैवविविधतासित सम्बन्धित अनुसन्धान, मानव एवं पशु प्राणीबीचको सअस्तित्व, प्रकृति संरक्षणसंगै दीर्घकालीन विकास अनि नीति कानुन र प्रबन्धनबारे प्रकाश पार्नु रहेको थियो।

फरेस्ट रेन्ज अफिस घुम सिमाना रेन्ज अनि सुकेखण्डको चारवटा ग्राम पञ्चायतहरुको सहयोगमा सम्पन्न कार्याशालामा एट्रिका शोध सहायक सौरभ कौशिकले भारत नेपालको सिमापार परिक्षेत्रमा प्राकृतिक विविधताको संरक्षण एवं प्रबर्द्धन गर्नको निम्ति आम मानिसहरुमा जागरुकता सृजना गर्ने तथा सम्बन्धित विभाग, ग्राम पञ्चायत , विद्यार्थीवर्ग, हितधारकहरुले आफ्नो दायित्वलाई बुझेर कार्यान्वयन गर्ने जानकारी दिए। उनले यस विषय सम्बन्धि आगामी दिसम्बर महिनामा सम्पूर्ण विवरण तयार गरेर सरकारलाई बुझाउने प्रक्रियालाई इसिमोड नामक गैरसरकारी संस्थाले अघि बडाउने बताए।

यस कार्यालयमा सुके खण्ड विकास अधिकारी अर्घ्य गुहा, सहायक कृषि निर्देशक डेनिस राई, धुम सिमाना वन परिक्षेत्र अधिकारी निला राई, सुके सिमाना राँगभाङ्ग गोपालधारा पोख्रेबुङ्ग एवं पुलुंगदुंगका प्रधान, उप-प्रधान, सचिव लगायत समाजका 40 जना प्रतिनिधिहरुको विशेष उपस्थिति रहेको कार्यशालाले सम्पूर्ण विवरण तयार पार्दै भूमि परिदृश्य रिपोर्टको माध्यमबाट भारत नेपालको सीमामा प्रभावकारी संरक्षण उपाय कार्यान्वयन प्रक्रियालाई अघि बढाईने निर्णय लिइएको छ। कार्याशालामा उपस्थित प्रतिनिधिहरुले अन्तरक्रियात्मक कार्यक्रममा पनि भाग लिएका‌ थिए।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande