विकरन फाउन्डेसनद्वारा आशा गाई लाभार्थीहरुलाई हस्तान्तरण
Cow distribution


दार्जिलिङ, 18 नोभेम्बर (हि.स.)।विकरन फाउन्डेशनले प्राणी संसाधन विकास (एआरडी) विभाग जीटीएको पहलमा गौधन - आशा गाई योजना अन्तर्गत पुलबिजनबरी खण्ड विकासको रिम्बिक लोधोमा समष्टि अंतर्गत लोधोमा ग्राम पंचायत २- को फेदीखोला निवासी पहिरो पीडित दुई जनालाई गाई वितरण गरेको छ। लाभार्थीहरु क्रमैले गम्बु शेर्पा र अमर राई हुन्।

फाउन्डेशनका संस्थापक विक्रम राईको नेतृत्वमा उनको टोली लगायत जीटीएका ए आर डी विभागका अधिकारीहरू फेदीखोला प्राथमिक पाठशाला प्राङ्गण पुगेर उनीहरूको बाहुलीबाट लाभार्थीहरुलाई गाई हस्तान्तरण गरेका छन्। यी गाईहरुको रिम्बिक एबीएचसीका इन्चार्ज डाक्टर सिवानी तामाङ अनि डाक्टर रमनाथ भट्टराईद्वारा स्वास्थ्य जाँच गरेपछि लाभार्थीहरुलाई हस्तान्तरण गरिएको हो। यस अवधि रिम्बिक फ्रेशका संस्थापक मिङमा गिर्मी शेर्पा, बिजनबारीका बि एल डी ओ डाक्टर उत्तम मनी प्रधान, एल डी ए डाक्टर कुमार शर्मा, ग्राम पञ्चायत प्रधान लाक्पा छेकी शेर्पा लगायत गाउँबासी उपस्थित रहेका थिए।

विशेष गत ४ अनि ५ अक्टोबरको पैह्रोले गाई वस्तु पुरिएर क्षति पुगेको थियो। यसैलाई मध्यनजर गरेर विकरन फाउन्डेशन अनि ए आर डी विभाग जीटीएले गौधन - आशा गाई योजना अन्तर्गत पहाडका विभिन्न क्षेत्रहरुमा जम्मा २४ वटा गाई पैह्रो पीडितहरुलाई प्रदान गरिरहेको फाउन्डेशनका संस्थापक विक्रम राईले बताए। ए आर डी विभागद्वारा बनाइएको सूची अन्तर्गत नै पूल बिजनबारि खण्ड, सुके , मजुवा अनि मिरिक क्षेत्रमा पनि गाई वितरण गरिने उनले जनाए।

गाई हस्तान्तरण गरेपछि यी गाईहरु आशा गाई योजनामार्फत वितरण गरिएको कारण यसको नाम आशा नै राखिदिने पनि लाभार्थीहरुलाई विक्रम राईले अपिल गरे साथै गाई दाताहरुलाई पनि उनले धन्यवाद व्यक्त गरे। यसका साथै दुवै लाभार्थीले पैह्रोको चपेटामा परेर आफ्नो गाईहरु मरेपछि धेरै दुःख भोग्नु परिरहेको समयमा विकरन फाउन्डेसन अनि जीटीए ए आर डी विभागले गौ-धन , आशा गाई योजनामार्फत गाई प्रदान गरेर आफुहरुमाथि ठूलो गुण लगाएकोमा कृतज्ञता प्रकट गरेका छन्। यसका साथै गाउँ समाज अनि ग्राम पञ्चायतको तर्फबाट पनि खन्जु शेर्पाले फाउन्डेशनलाई धन्यवाद दिएका छन्।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande