
गान्तोक, 18 नोभेम्बर हि.स.)। केन्द्र शासित प्रदेश लद्दाख (लेह) का अधिकारी, किसान र आठ सदस्यहरूको गैरसरकारी संस्थाको टोलीले सिक्किम राज्य जैविक प्रमाणीकरण एजेन्सी (सिक्किम सरकार) का अधिकारीहरूसँगै आज सिक्किम केन्द्रको एनईएच क्षेत्रको लागि आईसीएआर अनुसन्धान परिसरको भ्रमण गरे।
लेहबाट भ्रमण गर्ने टोलीलाई राज्यभित्र आईसीएआरद्वारा गरिएका जैविक पहल र सिक्किमको जैविक अभियानमा आईसीएआरको महत्त्त्वपूर्ण योगदानको बारेमा जानकारी गराइएको थियो। उक्त जानकारी आज पीआईबीले दिएको छ।
क्षेत्र भ्रमणको समन्वय क्षेत्रीय केन्द्र (एचओआरसी) का प्रमुख डा. अशोक कुमार, वरिष्ठ वैज्ञानिक (प्रशिक्षण नोडल अधिकारी) डा. शाओन कुमार दास र वैज्ञानिक एसएस (कृषि विज्ञान) डा. अमित कुमारले गरेका थिए।
विशेष गरी पहाड़ी जैविक क्षेत्रहरूमा फसल र पशु उत्पादकत्व बढ़ाउन प्राकृतिक स्रोतहरूको कुशल उपयोगका लागि विभिन्न प्रविधिहरू भ्रमणको मुख्य विषयवस्तु बनेका थिए। डा. अशोक कुमार (एचओआरसी) ले एकीकृत जैविक खेती प्रणाली, जैविक सब्जी र फल उत्पादन प्रविधि तथा पहाड़ी पारिस्थितिक प्रणालीमा प्राकृतिक स्रोत प्रबन्धनको महत्त्वमाथि जोड़ दिए। वरिष्ठ वैज्ञानिक (मृदा विज्ञान) तथा तालिम नोडल अधिकारी डा. शाओन कुमार दासले मृदाको स्वास्थ्यलाई दिगो बनाउन र विद्यमान जैविक प्रणालीको उत्पादकत्व बढ़ाउन जैविक पोषक तत्त्वको स्रोत आवश्यक रहेको कुरामा प्रकाश पारे। डा. अमित कुमारले सहभागीहरूलाई कृषि विज्ञान खण्डमा भइरहेका गतिविधिहरूको बारेमा पनि जानकारी गराए। एचओआरसीले आईसीएआरका विविध गतिविधिहरूलाई समेट्ने पावर पोइन्ट प्रस्तुति दियो।
---------------
हिन्दुस्थान समाचार / बिशाल