
मङ्गन, 18 नोभेम्बर (हि.स.)। बेटी बचाओ बेटी पढाओ योजनाअन्तर्गत आज काबी रोङ्गपा जीपीयूको रोङ्गपा आङनवाडी केन्द्रमा एक संवेदीकरण एंव अभिसंसकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। कार्यक्रमका प्रमुख अतिथिका रूपमा जिल्ला पञ्चायत सदस्य पेमा वाङ्याल भोटियाले सहभागिता जनाउँदै महिला तथा बालबालिकाको हितमा समुदाय-आधारित पहलहरू सुदृढ गर्न आवश्यक सहयोग र समर्थन व्यक्त गरे।
कार्यक्रममा आङ्गनवाडी कार्यकर्ताहरू, सहायकहरू र आशाहरूको सक्रिय सहभागिता देखियो।
कार्यक्रममा सीडीपीओ सोनाम ल्हादेन लाचुङ्पाले योजनाको उद्देश्य, मुख्य घटकहरू तथा समुदायस्तरका फाइदाबारे विस्तृत प्रस्तुति दिइन्। उनले बालिकाहरूको शिक्षासम्बन्धी सचेतना सुदृढ गर्न र आधारभूत तहमा सबै हस्तक्षेपहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता जोड दिइन्।
कार्यक्रममा किशोरी बालिका योजनाको पोषण तथा गैर–पोषण दुवै पक्षमा विस्तृत छलफल गरियो। पोषण 2.0 पहलका उद्देश्य, लक्षित समूहहरू तथा पोषण परिणाम सुधारमा क्षेत्रीय कार्यकर्ताहरूको भूमिकाबारे पनि जानकारी दिइयो।
यससँगै प्रधानमन्त्री मातृत्व वन्दना योजनाको दस्तावेज आवश्यकतादेखि प्रमाणिकरण प्रक्रिया र भुक्तानी समयमै उपलब्ध गराउने कार्यविधिबारे विस्तृत व्याख्या प्रस्तुत गरियो, ताकि पात्र लाभग्राहीहरूले समयमा मातृत्व लाभ पाउन सकून्।
डीएमसी थेन्देन लाचुङ्पा, एचयूबीले सुकन्या समृद्धि योजना, एचयूबी कार्यप्रणाली तथा वन स्टप सेन्टर सम्बन्धी महत्वपूर्ण सत्र प्रस्तुत गरे। उनले महिला तथा बालिकाहरूका लागि उपलब्ध वित्तीय सुरक्षा तथा सहायता व्यवस्थाको महत्त्वमा जोड दिए। साथै, महिला हेल्पलाइन नम्बर १८१ को महत्व औंल्याउँदै सबै आंगनवाडी र आशा कर्मीहरूलाई गाउँस्तरमा यसबारे व्यापक रूपमा जानकारी गराउन आग्रह गरे, ताकि आवश्यकता परेको बेला महिलाले समयमै समर्थन पाउन सकून्।
हिन्दुस्थान समाचार / बिशाल