
नयाँ दिल्ली, 18 नोभेम्बर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले मंगलवार आजादपुरमा आधुनिक सुविधाहरूद्वारा युक्त अपग्रेडेड बसहरूलाई टर्मिनल वासीहरूको सेवामा समर्पित गरिन्। यस कार्यक्रममा 40 वटा नयाँ ई-बसहरूलाई हरियो झण्डा देखाएर जनताको सेवामा समर्पित गरियो।
मुख्यमन्त्री रेखा गुप्ताले भनिन्, यो नयाँ टर्मिनल राजधानीको सार्वजनिक परिवहनलाई अधिक द्रूत, सुरक्षित र प्यासेन्जर फ्रेण्डली बनाउने दिशामा एक महत्वपूर्ण कदम हो।
रेखा गुप्ताले बताइन्, यहाँदेखि 21 प्रमुख रूटहरूमा 116 वटा बसहरू संचालित हुनेछ। बस पास सेक्शन, बेबी फीडिंग रूम, आधुनिक प्रतीक्षालय औ सुरक्षित, कवर्ड वक-वे जस्ता सुविधाले यात्रीहरूको आराम र सुरक्षालाई प्राथमिकता दिनेछ।
यात्रीहरूको सुविधाको लागि यस टर्मिनललाई आजदपुर मेट्रो स्टेशनदेखि फुट ओभर ब्रिजको माध्यमबाट सोझै कनेक्ट गरिएको छ जसबाट इन्टर-मोडल कनेक्टिभिटी अझ मजबुत हुनेछ। दिल्ली सरकारले लगातार डीटीसी बेड़ामा ई-बसहरूलाई सामेल गरिरहेको छ ताकि दिल्लीको सार्वजनिक परिवहन परिवहन अधिक स्वच्छ, पर्यावरण-अनुकूल बन्न सकोस् तथा वायु प्रदूषण नियन्त्रण गर्ने हाम्रो प्रयास अझ सशक्त होस्।
यस अवसरमा दिल्ली सरकारका क्याबिनेट सहयोगी डा. पंकज सिंह तथा विधायक राज कुमार भाटिया उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा