
दक्षिण 24 परगना, 18 नोभेम्बर (हि. स.)। फुल बगानस्थित बी.सी. राय चिल्ड्रेन हस्पिटलबाट गए सोमवार बिहान 6 महिने शिशु अपहरण भएको घटनाले व्यापक खैलाबैला भयो। तथापि पुलिसको तत्परताले मात्र पाँच घण्टाभित्रमा शिशुलाई उद्धार गरी उसको आमालाई फर्काइयो। यस मामिलामा आरोपी महिला सबीना बीबी उपनाम श्यामली मण्डललाई पक्राउ गरिएको छ। पुलिस यो पत्तो लगाउन जुटेको छ कि श्यामलीले शिशुलाई किन चोरी! के उ कुनै बच्चा तस्करी गिरोहसित जोड़िएको छ!
पुलिस अनुसार भांगड़को छेलगेवालिया गाउँ निवासी मनिरुल मोल्ला र मञ्जिला बीबी आफ्नो 6 महिनाको छोरा माहिरलाई उपचारको निम्ति बिहान बस मार्फत अस्पतालमा आइपुगे। बाटोमा मञ्जिलाको भेट निबुंधिया निवासी श्यामलीसित भयो जसले आफूलाई अस्पतालकी नर्स बताई। उसैले बालकलाई बोकेर अस्पतालमा पुऱ्याई अनि आउटडोरको टिकट काटी। डाक्टरद्वारा औषधि लेखिएपछि मञ्जिला औषधि किन्न बाहिरिई, फर्केर आउँदा श्यामली र बालक दुवै हराइसकेको थियो। घटनाको सिकायत तुरून्तै फुल बगान थानामा दर्ता गरियो। पुलिसले सीसीटीभी फुटेजको आधारमा श्यामलीलाई खोज्न शुरू गऱ्यो अनि उ सियालदह स्टेशन तर्फ भागेको संकेत पाइयो। मामिलामा उत्तर काशीपुर थानाको टीम पनि सामेल भयो। थाना प्रभारी तथा गुण्डादमन शाखाका अधिकारीहरूले फुटेजलाई गाउँ-गाउँमा पठाइदियो। निबुंधिया गाउँकै एकजना पसलेले चिन्हित गरी पुलिसलाई सूचना दिए कि श्यामली एक जना शिशुलाई लिएर घरमा आएकी छे। तत्परता देखाउँदै पुलिसले अपरान्ह साढ़े चार बजे श्यामलीको घरलाई घेरेर बाललकाई सकुशल उद्धार गऱ्यो।
शिशुकी आमा मञ्जिला भावुक भएर भनिन्, मैले भरोसाले आफ्नो छोरालाई उसको काखमा दिएकी थिएँ। उसले यस्तो गर्छ भनेर सोच्न पनि सकेकी थिइनँ। पिता मनीरुलले भने, पुलिसतो तत्काल कारबाहीको कारणले नै उनको छोरा सुरक्षित फर्केको छ।
छिमेकीहरू अनुसार श्यामलीको बारेमा गाउँमा कुनै ठोस जानकारी छैन। उसको असली नाम, घर, पारिवारिक पृष्ठभूमि केही पनि स्पष्ट छैन।पुलिसले मामिलाको गहन जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा