
गुवाहाटी, 18 नोभेम्बर (हि.स.)। असममा मंगलवार दिवंगत गायक जुबिन गर्गका प्रशंसकहरूले उनको पहिलो जयन्तीमा अश्रुपूर्ण श्रद्धाञ्जली दिए। यो उनको 53औं जन्मदिन हो। राज्यमा उनको सम्झना, उनको आवाज तथा उनका गीतहरूको गुञ्ज स्पष्ट सुनियो।
सोनापुरस्थित जुबिन क्षेत्र औ काहिलिपारास्थित उनको आवासमा गए सोमवार अबेर रातीदेखि नै ठूलो भीड़ उर्लिन थालेको थियो। प्रशंसकहरूले उनको स्मृतिमा गीत गाए, प्रार्थना गरे अनि अश्रुपूर्ण श्रद्धाञ्जलली दिए। केही प्रशंसकहरूले उनको गीत गाएर उनलाई स्मरण गरिरहेका थिए। दुवै स्थानमा हजारौं संख्यामा मानिसहरू जुटे अनि दिनभरिकै माहोल भावुक रह्यो।
काहिलिपारा स्थित आवासमा उनकी पत्नी गरिमा सैकियाले भावुक भएर केक काटिन् अनि उनलाई श्रद्धाञ्जली दिइन्। आज उनको आवासमा जुबिन गर्गको प्रतिमा स्थापना गरिनेछ ताकि उनको सम्झना सदैव अमर रहोस्। यस अतिरिक्त सोनपुरको जुबिन क्षेत्रमा पनि विशेष कार्यक्रम आयोजना गरियो जहाँ ठूलो संख्यामा मानिसहरू उनको संगीत र जीवनलाई स्मरण गर्न पुगे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा