
शान्तिनिकेतन (बोलपुर), 18 नोभेम्बर (हि. स.)। पश्चिम बंगालमा विश्वभारती विश्वविद्यालयको भाषा भवनको दोस्रो तलामा मंगलवार बिहान आगो लागेर भाग-दौड़ मचियो।
प्राप्त जानकारी अनुसार आगो भाषा भवनको दोस्रो तलामा जड़ित आउटडोर एसी यूनिटमा लागेको हो। विश्वविद्यालयको आफ्नै अग्निशमन प्रणालीबाट आगोलाई निभाउने निरन्तर प्रयास गरियो। तर सम्भव नभएपछि दमकल विभागलाई सूचित गरियो। सूचना पाएर घटनास्थलमापुगेको दमकलको वाहनले आगोलाई निभायो। यस घटनामा कुनै ठूलो नोक्सान भएको छैन। यो समाचार लेखुञ्जेलसम्म आगलागीको कारण पत्तो लाग्न सकेको थिएऩ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा