नशामुक्त भारत अभियान: गेजिङमा प्रतिज्ञा कार्यक्रम सम्पन्न
Gezing- nasha Mukt bharat


गेजिङ, 18 नोभेम्बर (हि.स.)। नशामुक्त भारत अभियानको पाँच वर्ष पूरा भएको अवसरमा आज गेजिङ जिल्ला प्रशासन केन्द्रमा लागूपदार्थ दुरुपयोगविरुद्ध प्रतिज्ञा कार्यक्रम सम्पन्न भयो। गेजिङ जिल्लाका जिल्लापाल तेन्जिङ डी. डेन्जोङ्पाले केन्द्रका अधिकारी तथा कर्मचारीहरूलाई प्रतिज्ञा दिलाए।

कार्यक्रममा एसपी छिरिङ शेर्पा, एडीसी सुरेश राई, कल्याण अधिकारी रोशन शर्मा, (सामाजिक कल्याण विभाग) तथा विभिन्न विभागका कार्यालय प्रमुखहरूको उपस्थिति रहेको थियो।

जिल्ला स्तरको कार्यक्रम केन्द्र परिसरबाट तिक्जुक फाटकसम्मको वाकाथनसँगै शुरु भयो, जसमा अधिकारी, कर्मचारी तथा स्थानीय समुदायका सदस्यहरूले सहभागिता जनाए। सहभागीहरूले लागूपदार्थमुक्त समाज निर्माणप्रति जागरूकता फैलाउने उद्देश्यले वाकाथन सम्पन्न गरे।

वाकाथनपछि जागरूकता सत्र र डिजिटल प्रतिज्ञा कार्यक्रम आयोजना गरियो। सहभागीहरूले पदार्थ दुरुपयोग रोकथाममा योगदान दिने तथा नशामुक्त भारत अभियानका व्यापक उद्देश्यहरूलाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरे।

जिल्लापालले आफ्नो सम्बोधनमा जिल्लाले लागूपदार्थ दुरुपयोगका समस्या नियन्त्रणमा दृढ प्रतिबद्धता व्यक्त गर्दै प्रशासनले गरिरहेको निरन्तर प्रयासबारे जानकारी दिए। उनले समन्वित क्रिया र सामुदायिक सहभागितामार्फत गेजिङलाई नशामुक्त जिल्ला बनाउने दृढ संकल्प व्यक्त गरे।

एसपी शेर्पाले कार्यक्रममा सम्बोधन गर्दै लागूपदार्थ दुरुपयोगसँग सम्बन्धित समस्याहरू उल्लेख गरे र समुदायको सुरक्षा र कल्याणका लागि सबै सरोकारवालाको साझा प्रतिबद्धताको महत्त्वलाई औंल्याए। उनले पुलिस प्रशासन अभियानलाई पूर्ण रूपमा समर्थन गर्न प्रतिबद्ध रहेको बताए।

कल्याण अधिकारीले आज राष्ट्रिय स्तरमा भइरहेको कार्यक्रममा जानकारी दिँदै नशामुक्त भारत अभियानको पाँच वर्षे समापनको महत्वबारे व्याख्या गरे। साथै उनले अभियानका उद्देश्य तथा हालसम्म सञ्चालन भइरहेका गतिविधिहरूबारे संक्षिप्त अवलोकन प्रस्तुत गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande