
ईटानगर, 18 नोभेम्बर (हि.स.)। अरुणाचल प्रदेशका राज्यपाल लेफ्टिनेन्ट जनरल केटी परनायक (सेवानिवृत्त)-ले मंगलवार हिमालयन विश्वविद्यालय, ईटानगरमा आयोजित पूर्वोत्तर राष्ट्रिय सेवा योजना (एनएसएस) महोत्सवको समापन समारोहमा मुख्य अतिथिका रूपमा भाग लिए।
यस अवसरमा राज्यपालले विभिन्न प्रतियोगिता, सांस्कृतिक, प्रश्नोत्तरी औ पावरपोइन्ट प्रस्तुतिका विजेताहरूलाई पुरस्कार एवं योग्यता प्रमाण पत्र प्रदान गरे। यस महोत्सवमा पूर्वोत्तरका सबै आठ वटा राज्यहरूबाट 320 जना एनएसएस स्वयंसेकहरूले भाग लिएका थिए।
आफ्नो सम्बोधनमा राज्यपालले भने, एनएसएस स्वयंसेवकले युवा ऊर्जालाई सार्थक दिशामा खर्चिएर राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान दिरहेका छन्। उनले भने, युवा नै यस क्षेत्र अनि राष्ट्रको भविष्यको पथप्रदर्शक हो। आगामी वर्ष 2047सम्म भारतको उज्जवल भविष्यको निर्माणमा उनीहरूको भमिका सबैभन्दा अहम हुनेछ।
राज्यपालले स्वयंसेवकहरूसित आफ्नो ज्ञान, अनुशासन औ निष्ठालाई कायम राख्दै समाज सेवाको लागि समर्पित रहने आह्वान गरे। उनले भने, प्रत्येक युवामा अपार प्रतिभा र सृजनात्मकता हुन्छ, आवश्यकता छ त केवल उनीहरूलाई समर्पणको साथमा रचनात्मक कार्यमा खटाउने। युवाहरूसित शारीरिक रूपमा मजबुत, मानसिक रूपमा सजग, नैतिक रूपमा इमानदार तथा आत्म-अऩुशासित रहने अपील समेत उनले गरे।
प्रतियोगितामा असमको बोड़ोल्याण्ड विश्वविद्यालयकी अक्षया ठाकुरलाई सर्वश्रेष्ठ एनएसएस स्वयंसेवकको पुरस्कार प्रदान गरियो भने मणिपुरलाई सर्वाधिक शिष्य दलको पुरस्कार। पारम्परिक नृत्य प्रतियोगितामा अरूणाचल प्रदेशको टीमले प्रथम स्थान हासिल गऱ्यो। यसरी नै मणिपुरकी कुमारी हेइसनम सिंडीले पीपीटी प्रस्तुति प्रतियोगितामा पहिलो स्थान प्राप्त गरिन् भने मणिपुरकै क्यूरी कोइजानले आँशु भाषण प्रतियोगितामा जीत दर्ता गराइन्। अरुणाचल प्रदेशका तेची मोनिका र विक्की पुरोइकको जोड़ीले प्रश्नोत्तरी प्रतियोगितामा प्रथम स्थान हासिल गऱ्यो।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा