
राँची, 18 नोभेम्बर (हि.स.)। बिरसा मुण्डा केन्द्रिय कारागारमा मदिरा एवं जीएसटी घोटालाका आरोपीहरूले डान्स गरिरहेको भीडियो भाइरल भएपछि स्वतः संज्ञानबाट दर्ता जनहित याचिकामा झारखण्ड उच्च न्यायालयमा सुनवाई भयो। उच्च न्यायालयका चीफ जस्टिस तरलोक सिंह चौहानको खण्डपीठमा मामिलाको सुनवाई भयो। यस मामिलामा अघिल्लो सुनवाई आगामी 5 जनवरी, 2026-मा हुनेछ।
मंगलवारको सुनवाईमा अदालतले मौखिक रूपमा भन्यो, दुई दिनभित्रमा जेलमा रेगुलर जेल सुप्रिन्टेण्डेन्ट नियुक्त गरियोस्। साथै अदालतले जेल प्रशासनलाई कड़ा निर्देश दिँदै भन्यो, यो सुनिश्चित गरियोस् कि जेलमा बन्दीहरूसित फोन, चार्जर तथा कुनै प्रकारको नशालु वस्तु नपुगोस्। अदालतले झलसा र पुलिस प्रशासनलाई पनि समय-समयमा छड़्के निरीक्षण गर्ने निर्देश दिएको छ। सुनवाईमा जेल आईजी समेत सशरीर उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा