
श्रीनगर, 18 नोभेम्बर (हि.स.)। जम्मू-कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाले मंगलवार सादा पोशाक आतंकवादी मोड्युल तथा दिल्ली विस्फोटको मामिलामा सामेल सबै मानिसहरूलाई कड़ा सजाय दिने वकालत गरे पनि साथमा यो पनि आग्रह गरे, निर्दोष नागरिकहरूलाई नोक्सान नपुऱ्याइयोस्। मैले हिजो उत्तरी क्षेत्रका मुख्यमन्त्रीहरूको सम्मेलनमा पनि यही मुद्दा उठाएको थिएँ। केन्द्रिय गृहमन्त्री, केन्द्रिय गृह सचिव, उत्तरी क्षेत्रका मुख्यमन्त्रीगण, राज्यपाल सम्मेलनमा उपस्थित थिए। मैले उनीहरूसित अपील गरे, उनीहरूले जम्मू-कश्मीरको हरेक मुसलमानलाई शंकाको नजरले नहेरियोस्।
अब्दुल्लाले गत हप्ता भनेका थिए, दिल्ली विस्फोटका दोषीहरूलाई कड़ाभन्दा कड़ा सजाय दिइनुपर्छ, तर उनले यस कुरामाथि पनि बल दिए, जम्मू-कश्मीरको सम्पूर्ण जनसंख्यालाई आतंकवादको समर्थक भन्न सकिँदैन।
गत 10 नोभेम्बरको दिन दिल्लीको लालकिल्ला नजिक विस्फोटकहरूले लादिएको एउटा कारमा विस्फोट भएपछि 13 जना मानिसहरूको मृत्यु हुनको साथै धेरैजना घाइते भएका थिए। यस कारलाई दक्षिण कश्मीरको पुलवामा निवासी डा. उमर नबीले चलाइरहेको थियो।
मुख्यमन्त्रीले यस आकस्मिक विस्फोटमा आफ्ना प्रियजनहरूलाई गुमाउने परिवारहरूसित पनि भेट गरी दुःखको घड़ीमा सरकारको पक्षबाट हरसम्भव सहायता दिने आश्वासन दिएका थिए।
अब्दुल्लाले भने, मोड्युल, विशेष गरी दिल्ली विस्फोटमा सामेल मानिसहरूलाई पक्राउ गरिनुपर्छ अनि कड़ा सजाय दिइनुपर्छ, तर निर्दोष मानिसहरू जसको उक्त घटनासित कुनै सम्बन्ध छैन जसले सदैव हिंसाको विरोधमा आवाज उठाएका छन्-लाई यस दायरामा ल्याउनु हुँदैन। मुख्यमन्त्रीले आशा व्यक्त गरे, केन्द्रले उनको कुरालाई ध्यान दिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा