कोलकाता पुलिसमा व्यापक फेरबदल, इन्स्पेक्टर ऱ्यांकका 21 जना अधिकारीहरू स्थानान्तरित
कोलकाता पुलिसमा व्यापक फेरबदल, इन्स्पेक्टर ऱ्यांकका 21 जना अधिकारीहरू स्थानान्तरित


कोलकाता, 18 नोभेम्बर (हि.स.)। कोलकाता पुलिसमा मंगलवार व्यापक फेरबदल गरियो। पुलिस मुख्यालय लाल बजारले इन्स्पेक्टर पदका 21 जना अधिकारीहरूलाई स्थानान्तरण गरेको छ। केही थानाका अफिसर-इन-चार्ज (ओसी)-हरू फेरिएको छ। पुलिस मुताविक मानिकतला थानाका अतिरिक्त ओशी बीरेश्वर रायलाई तालतला थानाको नयाँ ओसी बनाइएको छ। सिंथी थानाका अतिरिक्त ओसी मनीष मजुमदारले अब उल्टाडांगा थानाको कमान सम्हाल्नेछन्। टलीगञ्ज थानाका अतिरिक्त ओसी राजीव चट्टोपाध्यायलाई सोही थानाको ओसी नियुक्त गरिएको छ।

बाँसद्रोणी थानाका अतिरिक्त ओसी बिपुल विश्वासलाई टैंगरा थानाको नयाँ ओसी बनाइएको छ भने मुचीपाड़ा थानाका अतिरिक्त ओसी आशिष बसुलाई नर्थ पोर्ट थानाको ओसी नियुक्त गरिएको छ। यी महत्वपूर्ण पदस्थापनासँगसँगै शहरको कानून व्यवस्थामा पनि सुधार आउने आशा व्यक्त गरिँदैछ।

यस बाहेक केही थानाहरूमा अतिरिक्त ओसी स्तरमा पनि फेरबदल गरिएको छ। टैंगरा थानाका अतिरिक्त ओसी राजीव सरकारले अब मुचीपाड़ा थानामा अतिरिक्त ओसीको जिम्मेवारी सम्हाल्नेछन्। तालतला थानाका अतिरिक्त ओसी प्रशान्त कुमार दासलाई पर्णश्री थानाको अतिरिक्त ओसी बनाइएको छ। बाँसद्रोणी थानामा दीपक मण्डललाई नयाँ अतिरिक्त ओसी नियुक्त गरिएको छ।

यसरी नै प्रशान्त कुमार घोषलाई टैंगरा थानाको अतिरिक्त ओसी बनाइएको छ भने सागर मुखर्जी अब टलीगञ्ज थानामा अतिरिक्त ओसी हुनेछन्। मृन्मय मजुमदारलाई उल्टाडांगा थानाको अतिरिक्त ओसी नियुक्त गरिएको छ। सिंथी थानामा सुबीर साहा अतिरिक्त ओसीको पदमा आसिन हुनेछन्। यस अतिरिक्त पार्थ प्रतिम चक्रवर्तीलाई प्रगति मैदान थानाको नयाँ अतिरिक्त ओसी बनाइएको छ।

पुलिस अधिकारीहरूको भनाइ छ, यो फेरबदल प्रशासनिक कामकाजलाई सुचारू बनाउन अनि शहरमा कानून व्यवस्थालाई सशक्त बनाउने उदेश्यले गरिएको हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande