
कोलकाता, 18 नोभेम्बर (हि. स.)। बंगालमा अहिलेघरि विशेष गहन पुनरीक्षणको प्रक्रिया जारी छ। यसबीच आगामी 6 दिसम्बरको दिन बाबरी विध्वंसको वर्षगाँठमा मुख्यमन्त्री ममता ब्यनर्जी र उनका भतिजो अभिषेक ब्यनर्जी सड़कमा उत्रिरहेका छन्। त्यस दिन कोलकाताको धर्मतलास्थित मेयो रोडमा व्यापक स्तरमा संहति समावेशको आयोजन गरिँदैछ। बंगलामा संहतिको अर्थ एकता हुन्छ।
पार्टीका एकजना अधिकारीले यसको पुष्टि गर्दै बताए, यसको माध्यमबाट एकताको सन्देश दिइनेछ। तथापि बाबरी विध्वंशको वर्षगाँठमा आयोजना हुने यस कार्यक्रममा यी दुईको उपस्थितिलाई लिएर फेरि एकपटक मुस्लिम तुष्टिकरणको आरोप लागिरहेको छ। यस्तो त्यसबेला भइरहेको छ जतिबेला सुप्रीम कोर्टको आदेशमा अयोध्यामा विवादित स्थलमा भव्य राम मन्दिर बनिसकेको छ र हरेक समुदायका मानिसहरूले यसको सम्मान गरेका छन्। तथापि यस दिनलाई कार्यक्रमको माध्यमबाट राज्यको प्रशासनिक प्रमुखको पक्षबाट फेरि चर्चा ल्याइनुले धेरैवटा प्रश्नहरू उठाएको छ। यस दिनलाई यसै पनि कट्टरपन्थी मुस्लिम तथा मौलानाहरूले सारा दुनियाँमा भारतका बहुसंख्यक हिन्दू समुदायविरूद्ध घृणा फैलाउनको लागि प्रयोग गर्दै आइरहेका छन्। आयोजनको जिम्मेवारी तृणमूलको युवा, छात्र एवं अल्पसंख्यक संगठनहरूलाई सुम्पिइएको छ।
पार्टीका प्रवक्ता औ राज्यका एकजना महत्वपूर्ण पदाधिकारी जयप्रकाश मजुमदारले एक भीडियो सन्देशमा भने, आगामी 6 दिसम्बरलाई हरेक वर्ष संहति दिवसको रूपमा मनाइन्छ, यो हाम्रो संवैधानिक अधिकार हो। बाबरी मस्जिद विध्वंसको तिथिलाई राष्ट्रिय एकता एवं संहति दिवसको रूपमा मनाउने परम्परा वर्षौंदेखि यथावत छ र यस वर्ष पनि त्यै भावनाको साथमा कार्यक्रम आयोजना गरिँदैछ। उनले बताए, छात्र, युवा एवं अल्पसंख्यक संगठनहरू मिलेर यस कार्यक्रमलाई सफल बनाउनमा जुटेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा