विधाननगरमा तीन कड़ोर रुपियाँभन्दा अधिकको गाँजा भेटियो, सात जना तस्कर समातिए
विधाननगरमा तीन कड़ोर रुपियाँभन्दा अधिकको गाँजा भेटियो, सात जना तस्कर समातिए


कोलकाता, 18 नोभेम्बर (हि. स.)। विधाननगरको आकांक्षा मोड़ नजिक गए सोमवार अबेर साँझ पश्चिम बंगाल स्पेशल टास्क फोर्स (एसटीएफ)-ले एउटा ठूलो अभियानलाई परिणाम दियो। पुलिसले तीन वटा वाहनहरूलाई रोकेर जाँच गऱ्यो जसबाट भारी मात्रामा गाँजा भेटियो। यस मामिलामा पुलिसले सात जना तस्करहरूलाई पक्राउ गरेको छ जसमा मोहम्मद शमशुल रहमान (44), सञ्जिवन विश्वास (37), शिशिर मण्डल (38), मिजानुर रहमान (36), तूफान घोष (27), लिटन ठाकुर (36) औ विजय दास (29) सामेल छन्। सबै आरोपीहरू हावड़ा, कुचबिहार, दक्षिण दिनाजपुर औ उत्तर 24 परगना जिल्लाका बासिन्दा हुन्।

प्राप्त जानकारी अनुसार खोजी अभियानमा एसटीएफले 677 किलोग्राम गाँजा जफत गऱ्यो जसको कालो बजारमा अनुमानित मूल्य 3 कड़ोर रुपियाँ रहेको छ। एसटीएफ अनुसार तस्करहरूले यस खेपलाई उत्तर बंगालबाट ल्याएका थिए जसलाई राज्यका विभिन्न भागहरूमा सप्लाई गरिनुथ्यो।

अभियान अवधि तीन वटा वाहनहरू क्रमैले एउटा छःचक्के ट्रक, एउटा बोलेरो पिकअप र एउटा टाटा एसलाई पनि जफत गरियो। पुलिसले यी वाहनहरूमा सवार सातजना तस्करहरूलाई घटनास्थलबाटै पक्राउ गऱ्यो। जाँचमा थाहा लाग्यो, यी सबै आरोपीहरू एक अन्तर्राज्यीय मादक पदार्थ तस्करी गिरोहका सदस्यहरू हुन्।

एसटीएफले यी सबै आरोपीहरूविरूद्ध एनडीपीएस एक्ट, 1985 अन्तर्गत मामिला दर्ता गरेको छ। अधिकारीहरूले बताए, गिरोहका अन्य सदस्य तथा सप्लाई नेटवर्क बारे पत्तो लगाउनको लागि जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande