बाइक ग्यारेजमा भयानक आगलागी, एकजनाको मृत्यु
बाइक ग्यारेजमा भयानक आगलागी, एकजनाको मृत्यु


हावड़ा, 18 नोभेम्बर (हि. स.)। जिल्लाको अंदुलस्थित मौरीग्राममा मंगलवार एक बाइक ग्यारेजमा भयानक आगो लाग्यो जसमा एकजना व्यक्तिको जलेर मृत्यु भयो। यस घटनाको कारणले क्षेत्रमा भाग-दौड़ मचियो। घटनास्थलमा ठूलो संख्यामा स्थानीय मानिसहरू एकत्र भए।

स्थानीय मानिसहरूको आरोप छ, बाइक ग्यारेजको आड़मा त्यहाँ अवैध रूपमा तेलको कारबार चल्थ्यो। व्यापक मात्रामा ज्वलनशील तेल जमा भएको कारणले आगोले हेर्दा-हेर्दै विकराल रूप धारण गऱ्यो। तीव्र ज्वाला अनि बाक्लो धुँवाको कारणले दमकलकर्मीहरूलाई पनि आगो निभाउन कठिनाई भयो।

सूत्र अनुसार आगो लाग्दा ग्यारेजमा उपस्थित एकजना व्यक्ति पूर्ण रूपमा जले जसलाई अस्पतालमा पुऱ्याँदा डाक्टरहरूले मृत घोषित गरिदिए। घटनाको गम्भीरतालाई मध्यनजर गर्दै पुलिसले अवैध तेल भण्डारणको सिकायतको जाँच गरिरहेको छ। ग्यारेज मालिक र सम्बन्धित मानिसहरूसित जाँचबुझ गरिंदैछ।

घटनालाई लिएर सम्पूर्ण क्षेत्रमा भय व्याप्त भएको छ। स्थानीय मानिसहरूले तेलको अवैध कारबारमाथि कड़ा कारबाही गर्ने माग गरेका छन्। पुलिस अनि दमकल विभाग मिलेर आगलागीको वास्तविक कारण पत्तो लगाउन जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande