ढिचाऊँ कलाँ एवं द्वारका- बी दुवै वार्डमा पुनः संगठनात्मक शक्तिको बलमा जित्नेछौं: पवन राणा
ढिचाऊँ कलाँ एवं द्वारका- बी दुवै वार्डमा पुनः संगठनात्मक शक्तिको बलमा जित्नेछौं: पवन राणा


नयाँ दिल्ली, 18 नोभेम्बर (हि.स.)। दिल्ली नगरनिगम (एमसीडी)- को उपचुनाउको लागि मंगलवार दिल्ली प्रदेश भाजपाका संगठन महामन्त्री पवन राणाले ढिचाऊँ कलाँ र द्वारका-बी वार्डमा चुनावी बैठक गरे। उनले भने, ढिचाऊँ कलाँ एवं द्वारका- बी दुवै वार्डमा फेरि जित्नेछौं।

पवन राणाले भने, नजफगढ़ जिल्ला क्षेत्र भाजपाको गढ़ हो भने ढिचाऊँ कलाँ एवं द्वारका- बी दुवै नै वार्ड कार्यकर्ताहरूको परिश्रमको बलमा पछिल्लो वर्ष 2022-मा पनि हाम्रो पक्षमा थियो भने यसपालि पनि पुनः संगठनात्मक शक्तिको बलमा दुवै वार्डमा जित्नेछौं।

यस अवधि नगरनिगम उपचुनाउका प्रत्याशीहरूले प्रचार-प्रसार गरे। ग्रेटर कैलाश वार्डकी प्रत्याशी अञ्जुम मण्डलले सन्त नगरमा अनेकौ परिवाररूसित ड्रइंग रूपमा बैठक गरिन् भने चाँदनी चौक वार्डका प्रत्याशी सुमन कुमार गुप्ताले दरिबा बजारका गल्लीहरूमा डुवर टु डुवर क्याम्पन गरे। यस अतिरिक्त अन्य प्रत्याशीहरूले पनि आ-आफ्नो क्षेत्रमा चुनाउको प्रचार गरे।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande