
कोलकाता, 18 नोभेम्बर (हि.स.)। पश्चिम बंगालमा चुनाउ आयोगद्वारा संचालित मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर) बीच तृणमूल कंग्रेसका स्थानीय नेताको आपत्तिजनक बयान प्रकाशमा आएको छ जसले राजनीतिक जगतमा तीव्र प्रतिक्रिया उत्पन्न गरिदिएको छ। सोशल मीडियामा भाइरल एउटा भीडियोमा नेता बाबू दासलाई यसो भन्दै गरेको सुन्न सकिन्छ- यदि राज्यमा एकजना पनि वैध मतदाताको नाम मतदाता सूचीबाट हटाइए गम्भीर परिणाम भोग्नुपर्नेछ।
मंगलवार यसको भीडियो भाइरल भएको छ। बताइएको छ, उनले गए सोमवार बीरभूम जिल्लाको बोलपुरस्थित सुपुर गाउँमा आयोजित एक पार्टी कार्यक्रममा भाषण दिरहेका थिए जतिबेला उनले रक्तपात गर्ने धम्की दिए। उल्लेखनीय छ, यस कार्यक्रममा तृणमूल विधायक चन्द्रनाथ सिन्हा पनि उपस्थित थिए। तथापि भीडियोको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन।
भीडियोमा बाबू दासलाई कथित रूपमा यसो भन्दै गरेको सुन्न सकिन्छ, मतदाता सूचीको विशेष गहन पुनरीक्षण कुनै समस्या होइन, तर यदि एकजना पनि वैध मतदाताको नाम हटाइयो भने उनले कठोर कारबाही गर्नेछन्। उनले भने, मुख्यमन्त्रीको आदेशमा उनले आरोपीहरूको ‘दाह संस्कार’ गर्नेसम्म बताए अनि भाजपा एजेन्टहरूलाई नजिकैको अजय नदीमा बगाउने धम्की दिए।
विवादित बयानमाथि मञ्चमा बसेका विधायक चन्द्रनाथ सिन्हाको पक्षबाट कुनै प्रकारको प्रतिक्रिया व्यक्त गरिएऩ। घटनापछि भाजपाले तृणमूल कंग्रेसमाथि धारिलो प्रहार गरेको छ। भाजपाका बोलपुर जिल्ला अध्यक्ष श्यामपद मण्डलले भने, तृणमूल नेताले बारम्बार हिंसा गर्ने धम्की दिरहेका छन् जुन स्वीकार्य छैन। उनले भने, एसआईआर प्रक्रिया चुनाउ आयोगद्वारा संचालित हो, भाजपा योसित जोड़िएको छैन, तर तृणमूलले यसलाई राजनीतिक रंगमा रंगाइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा