सन्त मेरिज ग्राम पञ्चायत दुईका प्रधानद्वारा निजी कोषमा जीर्णोद्धार गरिएको घरको उद्घाटन
House inauguration


सोनादा, 18 नोभेम्बर (हि.स.)। टुंग सन्त मेरिज समष्टि अन्तर्गत सन्त मेरिज ग्राम पञ्चायत दुईको सिङ्गेल चियाबारीको नयाँ धुरामा जीर्णावस्थामा रहेको घर पञ्चायत प्रधान सहदेव तामाङले आफ्नो निजी कोषमा जिर्णोद्धार गरिदिएका छन्।

गत केही समय अघि पञ्चायत प्रधान सहदेव तामाङले सिङ्गेल चियाबारीको नयाँधुरास्थित जीर्णावस्थामा रहेको सुबला देवानको घरको निरीक्षण गरेका थिए। उक्त जीर्णावस्थामा रहेको सुबला देवानको घरको निरीक्षणपछि नयाँ घर बनाइदिने वचन दिएका थिए।‌ वचन अनुसार पञ्चायत प्रधान सहदेव तामाङले सुबला देवानको घर आफ्नो निजी कोषबाट निर्माण गरिदिएका छन्।

यसै नयाँ घरको उदघाटन जीटीए प्रमुख अनित थापा र टुंग सन्त मेरिज समष्टिकाे सभासद नुरी शेर्पाको विशेष उपस्थितिमा सन्त मेरिज ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान सहदेव तामाङको बाहुलीबाट गरेर लाभार्थीलाई गृह प्रवेश गराइएको छ। उक्त नयाँ घरको उद्घाटनपछि परिवारलाई नयाँ घरको चाबी प्रदान गरियो। नयाँ घर पाएकोमा सुबला देवान र परिवारले पञ्चायत प्रधान सहदेव तामाङ र जीटीए प्रमुख अनित थापाप्रति आभार प्रकट गरेका छन्।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande