लुगामा भेटियो जिउँदो कारतूस र खोखा
लुगामा भेटियो जिउँदो कारतूस र खोखा


हाथरस, 18 नोभेम्बर (हि.स.)। उत्तर प्रदेशमा हाथरस जिल्लाको कोतवाली क्षेत्र स्थित कस्बा हसायनमा स्थापित पण्डित दीनदयाल उपाध्यायको मूर्ति निकट मंगलवार सफाई कर्मीहरूले एउटा लुगामा जिउँदो कारतूस र खोखा भेटाए। सूचना पाएपछि घटनास्थलमा पुगेको पुलिस मामिलाको जाँचमा जुटेको छ।

सहपऊ थाना प्रभारी गिरीश चन्द्र गौतमले बताए, नगर पञ्चायतको सफाई सुपरवाइजर विनीत कुमार बाल्मीकि अनुसार, सदा झैं आज बिहान पनि उनले मूर्ति निकट सफाई गरिरहेका थिए। सोही अवधि एउटा लुगामा दुई खोखा र आठ वटा जिउँदो कारतूस भेटिएको छ, जुन पुलिसलाई सुम्पियो।

थाना प्रभारीले बताए, पुलिसले पत्तो लगाउन खोजिरहेको छ कि आखिर यो कारतूस मूर्ति निकट कसले र कुन मनसायले राखेको हो। यी अवैध कारतूसहरूलाई राख्ने संदिग्धहरूको उद्देश्य के हो, यी सबै प्रश्नहरूको जवाफ खोज्न पुलिस टीमले सीसीटीभी फुटेजको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande