ब्राउन शुगरको साथ युवक पक्राउ
ब्राउन शुगरको साथ युवक पक्राउ


उत्तर दिनाजपुर, 18 नोभेम्बर (हि.स.)। दालखोला पुलिसले लाखौं रूपियाँ मूल्यको ब्राउन शुगरको साथ एक युवकलाई पक्राउ गरेको छ। पक्रा परेको युवकको पहिचान दालखोला नगर पालिकाको वार्ड नम्बर 9 को शान्तिनगर क्षेत्र निवासी विकास सिंहको रूपमा गरिएको छ।

प्राप्त जानकारी अनुसार, गुप्त सूचनाको आधारमा सोमवार राति दालखोला पुलिसले युवकको घरमा तलाशी अभियान चलायो। यस अवधि युवकको घरबाट 335 ग्राम ब्राउन शुगर जफत भयो। जफत गरिएको ब्राउन शुगरको अनुमानित बजार मूल्य तीन लाख पैंतीश हजार रूपियाँ मापिएको छ। दालखोला पुलिसले युवकलाई एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरी पक्राउ गऱ्यो। दालखोला पुलिस अग्रिम कारबाहीमा जुटेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande