सबंगमा राशन डिलरको शव बगानमा झुण्डिरहेको अवस्थामा भेटियो
सबंगमा राशन डिलरको शव बगानमा झुण्डिरहेको अवस्थामा भेटियो


पश्चिम मेदिनीपुर, 20 नोभेम्बर (हि.स.)। सबंग थानान्तर्गत बड़ा चाहरा क्षेत्रमा गए बुधवार एक बगानबाट राशन डिलरको शव गलफन्दामा झुण्डिरहेको अवस्थामा भेटियो। यस घटनाको कारणले क्षेत्रमा सन्त्राष व्याप्त भएको छ। पुलिसले अबेर साँझ आधिकारिक रूपमा सो घटनाको जानकारी साझा गऱ्यो। मृतकको पहिचान मदनमोहन भट्टचार्य (70)- को रूपमा भएको छ जो सबंग क्षेत्रमा राशन डिलरको रूपमा कार्यरत थिए।

पुलिस अनुसार बिहान स्थानीय मानिसहरूले घर नजिकै अवस्थित बगानको एउटा रूखमा गमछाको सहारमा झुण्डिरहेको शव देखेपछि तुरून्तै सम्बन्धित परिवार अनि पुलिसलाई सूचित गरिदिए। सबंग थानाको पुलिसले घटनास्थलमा पुगेर शवलाई कब्जामा लिई खड़गपुर महकुमा अस्पतालमा पठाइदियो।

पुलिसले बतायो, प्रारम्भिक जाँचमा मामिला आत्महत्या रहेको प्रतीत भइरहेको छ, तर आत्महत्या गर्नुको कारण भने अहिलेसम्म स्पष्ट हुन सकेको छैन। पोस्टमर्टम रिपोर्ट आएपछि नै कारण स्पष्ट हुनेछ। परिवारले बयान दिएको छ, मृतक विगत केही दिनदेखिकै मानसिक अवसादमा थिए। बजारमा बाँकी पनि बढ़ेकोले सदैव तनाउमा रहन्थे।

सबंग थाना पुलिस अधिकारी शुभंकर रायले अबेर साँझ ब ताए, मामिलाको सबै पाटो र पक्षहरूको जाँच गरिँदैछ। यो पनि विचार गरिँदैछ, राशन दोकानसित सम्बन्दित कुनै विवाद वा समस्या थियो। पारिवारिक स्थिति बुझ्नको लागि आफन्तहरूसित जाँचबुझ गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande