
कोलकाता, 20 नोभेम्बर (हि.स.)। माल बजारमा एकजना महिला बीएलओले आत्महत्या गरेको मामिलामा भारत निर्वाचन आयोगले जलपाईगुड़ीका जिल्ला निर्वाचन अधिकारीसित विस्तृत रिपोर्ट मागेको छ। यो घटना वर्तमान जारी विशेष गहन पुनरीक्षण अभ्यासबाट उत्पन्न दबावसित सम्बन्धित रहेको बताइएको छ।
मुख्यमन्त्री ममता ब्यनर्जीद्वारा सोशल मीडियामा आयोगको तीव्र आलोचना गरिएको केही घण्टाभित्रै आयोगले यो रिपोर्ट मागेको छ। मुख्यमन्त्रीले आरोप लगाइन्, दुई महिनाको अन्तरालमा पुनरीक्षण पूरा गर्ने अतिरिक्त दबावले बीएलओ कर्मीहरूमाथि ठूलो मानसिक बोझ लादिएको छ जसको शिकार माल बजारकी अधिकारी भएकी छन्।
आयोगको निर्देशपछि राज्यका मुख्य निर्वाचन अधिकारी मनोज अग्रवालले गए बुधवार राती जलपाईगुड़ी जिल्ला निर्वाचन अधिकारीलाई शीघ्र रिपोर्ट पठाउने आदेश दिए। आधिकारिक सूत्रले बतायो, रिपोर्ट प्राप्त हुनसाथ त्यसलाई नयाँ दिल्लीस्थित आयोगको मुख्यालयमा पठाइनेछ।
घटना यस्तो समयमा भएको छ जतिबेला आयोगको चार सदस्यीय केन्द्रिय टीम राज्यमा विशेष गहन पुनरीक्षणको प्रगतिको चार दिवसीय समीक्षा यात्रामा आएको छ।
मृत बीएलओको पहिचान शान्तिमणि एक्काको रूपमा भएको छ जो माल बजारको रंगामाटी पञ्चायत क्षेत्रकी बासिन्दा थिइन्। उनलाई हालैमा पुनरीक्षणको दायित्व सुम्पिइएको थियो, त्यसैले उनले घर-घरमा गएर नामांकन प्रपत्र वितरण अनि संग्रह गर्ने कार्य गरिरहेकी थिइन्। परिवारको आरोप छ, अत्यधिक कामको दबावले गर्दा उसले यो कदम उठाएको हो।
यसै महिना घटेको यो दोस्रो घटना हो जसको सम्बन्ध पुनरीक्षण कार्यसित जोड़िएको तनाउसित रहेको छ। यसपूर्व बर्दवान जिल्लाको मेलारीमा बीएलओ नमिता हंसदा जो आँगनवाड़ी कार्यकर्ता थिइन्,-ले लामो ड्यूटीको कारणले ब्रेन स्ट्रोक भएर ज्यान गुमाइन्। तिनी मेमारीको चौक बलरामपुरस्थित बूथ नम्बर- 278 की बीएलओ थिइन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा