
कोलकाता, 19 नोभेम्बर (हि.स.)। पश्चिम बंगालमा भइरहेको विशेष गहन पुनरीक्षण (एसआईआर) अन्तर्गत बूथ स्तरीय अधिकारीहरूद्वारा संग्रह गरिएको एन्युमरेशन फारममध्ये 19.36 प्रतिशतको डिजीटाइजेशन पूरा भइसकेको छ। यस तीन चरणको प्रक्रियाको पहिलो चरण समाप्त भइसकेको छ जसको शुरूआत गत 4 नोभेम्बरदेखि भएको थियो।
मुख्य निर्वाचन अधिकारी, पश्चिम बंगाल कार्यालयद्वारा जारी आँकड़ा मुताविक गए बुधवार रातीसम्ममा लगभग 1.48 करोड़ इन्युमरेशन फारमको डिजीटाइजेशन पूरा भइसकेको छ जुन राज्यका मतदाताहरूमाझ वितरण गरिएको 7 कड़ोर 64 लाख 11 हजार 983 फारमको 19.36 प्रतिशत हो।
राज्यमा 27 अक्टोबर, 2025- को मतदाता सूची अनुसार मतदाताहरूको मोठ संख्या 7 कड़ोर 66 लाख 37 हजार 529 रहेको छ अर्थात अहिले पनि 2 कड़ोर 25 लाख 546 इन्युमरेशन फारम वितरण हुन बाँकी छ।
ईसीआईले मतदाताहरूको जानकारी भएक इन्युमरेशन फारमलाई डिजीटाइजेशन गर्ने लक्ष्य नोभेम्बर महिनाको अन्तसम्म तय गरेको छ। अधिकारीहरूको भनाइ छ, वर्तमान गतिलाई हेर्दा निर्धारित समयमा सम्पूर्ण कार्य पूरा हुनेछ।
वर्तमानमा एसआईआर प्रक्रिया देशका 12 वटा राज्य अनि केन्द्रशासित प्रदेशहरूमा भइरहेको छ भने आगामी वर्षको मार्च महिनासम्ममा सबै चरण पूरा हुने आशा छ। पश्चिम बंगालमा पछिल्लो पटक एसआईआर वर्ष 2002-मा भएको थियो। जुन मतदाताहरूको वा उनीहरूको आमा-बुवाको नाम वर्ष 2002-को मतदाता सूचीमा दर्ता छ उनीहरूलाई स्वतः मान्य मानिनेछ। नाम दर्ता नभएकाहरूले आयोगद्वारा निर्दिष्ट एघारवटा पहिचान पत्रहरूमध्ये कुनै एउटा दिनुपर्नेछ।
तथापि आधारलाई बाह्रौं दस्तावेजको रूपमा सूचीमा सामेल गरिएको भए पनि आयोगले स्पष्ट पारेको छ, आधार दिनेहरूले पनि अन्य एघारवटा दस्तावेजहरूमध्ये एउटा पहिचान पत्र प्रस्तुत गर्न अनिवार्य हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा