राति अँध्यारोमा काठ लैजाँदै गर्दा दुर्घटना, अनुसन्धानमा जुट्यो पुलिस
राति अँध्यारोमा काठ लैजाँदै गर्दा दुर्घटना, अनुसन्धानमा जुट्यो पुलिस


पश्चिम मेदिनीपुर, 20 नोभेम्बर (हि.स.)। पश्चिम मेदिनीपुरको चन्द्रकोणा क्षेत्रमा गए बुधवार अबेर राती भएको एक अनौठो दुर्घटनाले कोकोहोलो मचिएको छ। आरोप छ, ‘पुष्पा’ फिल्ममा जस्तै बाँकुड़ा जिल्लाबाट आकाशमणिको काठलाई 23 परगना तर्फ लगिँदैथ्यो। यसै अवधि डुकी क्षेत्रमा पुगेपछि वाहन अनियन्त्रित भएर पल्टियो।

स्थानीय मानिसहरू अनुसार राती अँध्यारोमा प्रचुर मात्रामा काठ लैजाने क्रममा अचानक सन्तुलन गुमाएर वाहन सड़क किनारमा पल्टियो। त्यसपछि लाखौं रुपियाँको आकाशमणिको काठ सड़कभरि छरिएर राष्ट्रिय राजमार्ग लामो समयसम्म अवरूद्ध भयो।

घटनाको सूचना पाउनसाथ चन्द्रकोणा रोड पुलिस, बिट हाउसका अधिकारी, अरबारी वन विभागका अधिकारी तथा गढ़बेतिया थाना ट्राफिक पुलिस घटनास्थलमा पुगे। तीनै विभागले मिलेर सम्पूर्ण घटनास्थलको निरीक्षण गऱ्यो।

पुलिस र वन विभागले यो जाँच गरिरहेको छ कि “काठलाई अवैध रूपमा तस्करी गरेर लगिँदैथ्यो कि थिएन।”

पुलिसले क्रेनको मद्दतले क्षतिग्रस्त वाहनलाई सड़कबाट हटाएर यातायातलाई सामान्य बनायो।

प्रशासनले बतायो, मामिलाको जाँच जारी छ। काठको श्रोत अनि परिवहनको वैधतालाई लिएर अधिकारीहरूद्वारा विस्तृत रिपोर्ट तयार गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande