
खड़गपुर (पश्चिम मेदिनीपुर), 20 नोभेम्बर (हि. स.)। जिल्लाको खड़गपुर शहरस्थित कौशल्या क्षेत्रमा बिहीवार भोर बिहान बिजुलीको एउटा ट्रान्सफर्मरमा अचानक आगो लाग्यो जसले गर्दा स्थानीय मानिसहरूमा भागाभाग भयो। घटना कौशल्या निकट बाकली पम्प सामु भएको हो।
प्रत्यक्षदर्शीहरू अनुसार ट्रान्सफर्मरबाट पहिला विस्फोटक आवाज सुनियो जसको तत्कालैपछि आगो लाग्यो। आगोको भयानक रूप देखेर वरपरका मानिसहरूले तुरून्तै दमकल विभागलाई सूचना दिए। सूचना पाउनसाथ दमकलको टोली घटनास्थलमा पुगेर आगोलाई नियन्त्रण गऱ्यो। यो समाचार लेखुञ्जेलसम्म यस घटनामा कुनै ठूलो नोक्सान भएको सूचना प्राप्त भएको थिएन।
स्थानीयहरूले बताए, ट्रान्सफर्मरमा बारम्बार यसरी नै तकनिकी समस्या भइरहेको छ जसबाट सदैव क्षेत्रवासीमा भय व्याप्त रहन्छ। उनीहरूले बिजुली विभागसित ट्रान्सफर्मरको स्थायी मरम्मत अनि सुरक्षाको पुख्ता व्यवस्था गरिदिने माग गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा