
कोलकाता, 20 नोभेम्बर (हि.स.)। प्रेसिडेन्सी करेक्शनल होममा एकजना अण्डर ट्रायल बन्दीको शव रूखमा झुण्डिरहेको अवस्थामा भेटिएपछि सम्पूर्ण परिसरमा सन्त्राष फैलियो। बन्दीको मृत्युलाई लिएर विभिन्न प्रकारका प्रश्नहरू उठिरहेका छन्। घटनालाई संदिग्ध मानिँदैछ। पुलिसले जाँच शुरू गरेको छ।
करेक्शनल होम सूत्रले बिहीवार बिहान बतायो, मृतकको पहिचान झारखण्ड निवासी सन्दीप दासको रूपमा भएको छ जसलाई वर्ष 2024-मा टलीगञ्ज थानाको पुलिसले पक्राउ गरेको थियो। उमाथि डकैटी सहित अन्य केही मामिलाहरू दर्ता थियो साथै एउटा मामिला शस्त्र अधिनियम अन्तर्गत दर्ता थियो। अदालतमा पेश गरेपछि उसलाई न्यायिक हिरासतमा पठाइएको थियो। तबदेखि नै उ अण्डर ट्रायल बन्दीको रूपमा प्रेसिडेन्सी करेक्शनल होममा थुनिएको थियो।
सूत्रले बतायो, सन्दीप गए बुधवार बिहानदेखि नै बेपत्ता भएको थियो। सुरक्षा कर्मीहरूले सम्पूर्ण परिसरमा खोजतलास गरे। पछि उसको शव करेक्शनल होमभित्र रहेको एउटा रूखमा झुण्डिरहेको भेटियो।
कोलकाता पुलिसका एकजना वरिष्ठ अधिकारीले बताए, शवलाई पोस्टमर्टम गर्नको लागि पठाइएको छ। घटना बारे मृतकको परिवारलाई सूचितगरिएको छ। अधिकारीले यो पनि बताए, करेक्शनल होमको सीसीटीभी फुटेज जुटाइँदैछ ताकि यो पत्तो लगाउन सकियोस् कि घटना कसरी भयो र यसमा अन्य क-कसको भूमिका थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा