आकाशवाणी खरसाङका उदघोषक उदघोषिकाहरुको टोलीद्वारा चित्रे बस्तीमा श्रोताहरुसित भेटघाट कार्यक्रम सम्पन्न
Akashvani kurseong


खरसाङ, 22 नोभेम्बर (हि.स.)। आकाशवाणी खरसाङका उदघोषक र उदघोषिकाहरुको टोलीले आज खरसाङको चिमनी देवराली ग्राम पञ्चायतको तल्लो चित्रे गाउँमा आकाशवाणी खरसाङको नियमित श्रोताहरुसित भेटघाट कार्यक्रम सम्पन्न गर्यो। तल्लो चित्रे बस्तीको आकाशवाणी खरसाङका नियमित श्रोताहरुसित आकाशवाणी खरसाङको टोलीले भेटघाट साथै भलाकुसारी गर्यो।

यस क्रममा आकाशवाणी खरसाङमा कार्यरत् उदघोषक उदघोषिकाहरुद्वारा गठित वाणीश्री कल्याण समितिको तर्फबाट भेटघाट साथै परिचय आदान प्रदान गरियो। यस कार्यक्रम अन्तर्गत तल्लो चित्रे बस्ती निवासी साहिल देवान र उनको परिवारसित भेटघाट गरियो। उक्त कार्यक्रमलाई हनोक थापाले सञ्चालन गरेका थिए।‌ कार्यक्रममा नियमित श्रोताहरुसित भेटघाट गर्दै वाणीश्री कल्याण समितिको तर्फबाट खदार्पणसहित स्मृति चिन्ह र उपहार प्रदान गरेर सम्मान जनाइयो।

यस अवसरमा वाणीश्री कल्याण समितिको तर्फबाट सचिव सिल्भेष्टेर लेप्चा, सह सचिव सबिता छेत्री र पूर्व सचिव एवं वरिष्ठ उदघोषिका इसारा तामाङले वक्तव्य राखेका थिए। कार्यक्रममा सभापति पी लक्की शेर्पा, उपाध्यक्षद्वय सुजता सुब्बा र दिछेन योञ्जन, कोषाध्यक्ष चित्र आले, वरिष्ठ उदघोषिका इन्दिरा छेत्री, बीरेन राई लगायत अन्य उदघोषक उदघोषिकाहरु उपस्थित रहेका थिए।

यस अवसरमा साहिल देवान र परिवारको तर्फबाट पनि उदघोषक उद्घोषिकाहरुलाई न्यानो स्वागत जनाइयो। तल्लो चित्रे बस्ती गाउँका स्थानीयहरुसित आकाशवाणी खरसाङको विभिन्न कार्यक्रमहरु र गाउँको विषयमा पनि छलफल गरियो।‌

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande