
गान्तोक, 22 नोभेम्बर (हि.स.)। विद्या भारती सिक्किमले शुक्रवार दार्जिलिङ जिल्लाका बिजनबारीस्थित विद्या ज्योति एकाडेमीमा सप्तशक्ति कार्यक्रम आयोजन गऱ्यो। विद्यालय प्रबन्धन समितिकी अध्यक्ष सीतादेवी खनालको अध्यक्षतामा आयोजित कार्यक्रममा विद्या भारती अखिल भारतीय शिक्षा संस्थानकी संयुक्त सचिव पवित्र दाहाल मुख्य अतिथिका रूपमा उपस्थित थिइन्।
कार्यक्रममा दार्जिलिङ पुलबजार विकास खण्डकी संयुक्त बीडीओ डेनुका राई, विद्या भारती सिक्किमका मुख्य सल्लाहकार हरि शंकर शर्मा, ब्रह्मकुमारी विश्वविद्यालय, बिजनबारीकी केन्द्र प्रमुख बबिता शर्मा, बालिका शिक्षा प्रमुख दावा जाङ्गमु शेर्पा, विद्या भारती सिक्किमका संयोजक मोहन शर्मा आदि विशेष अतिथि थिए। विद्यालयकी उप प्रधानाचार्य सुनिता प्रधानको संयोजकत्वमा सम्पन्न कार्यक्रममा अतिथिहरू र स्रोत व्यक्तिहरूले सप्तशक्ति, माताका सात गुणहरू आदि विषयमाथि प्रकाश पारेका थिए।
कार्यक्रममा समाजमा उल्लेखनीय योगदान दिॅंदै आएका आमाहरूलाई सम्मानित गरिएको थियो। यस क्रममा बिजनबारीकी सुमित्र राई र सुनिता राईलाई आफ्ना परिवारप्रति समर्पण र समाजमा प्रेरणास्रोत बनेकोमा सम्मानित गरियो। यस अवसरमा विद्यालयका आचार्य आचार्या, सेविकाहरू, अभिभावकहरू आदि उपस्थित थिए।
हिन्दुस्थान समाचार / बिशाल