
गान्तोक, 22 नोभेम्बर (हि.स.)। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीले आज पोकलोक कामराङ निर्वाचन क्षेत्रलाई लिए एक समन्वय बैठक घुर्पिसेमा आयोजन गऱ्यो। इश्वर प्रसाद राईको अध्यक्षतामा बसेको बैठकको उद्देश्य पार्टी कार्यकर्ताहरूसॅंग समन्वय कायम राख्नु, रणनीतिमाथि छलफल गर्नु र निर्वाचन क्षेत्रमा पार्टीको विस्तार एवं सुदृढ़ीकरण सुनिश्चित गर्नु रहेको थियो।
बैठकमा वक्ताहरूले एसडीएफ पार्टी सिक्किम र सिक्किमका जनताको कल्याणप्रति समर्पित रहेको कुरामा जोड दिए। बैठकमा एसडीएफ पार्टीको केन्द्रिय समितिका महासचिव इश्वर प्रसाद राई, उपाध्यक्ष एवं चेली मोर्चा प्रभारी कोमल चामलिङ, नाम्ची जिल्ला अध्यक्ष रमेश किरात, केन्द्रिय समितिका उपाध्यक्ष जेम्स तामकुले राई, प्रवक्ता योजना खालिङ आदि उपस्थित थिए।
हिन्दुस्थान समाचार / बिशाल