जाली कल सेन्टरको खुलासा, आरोपी पक्राउ
जाली कल सेन्टरको खुलासा, आरोपी पक्राउ


नयाँ दिल्ली, 22 नोभेम्बर (हि.स.)। मध्य जिल्लाको एन्टी नारकोटिक्स सेलले पटेल नगरमा संचालित एउटा नक्कली कल सेन्टरको खुलासा गरेको छ। कल सेन्टरमा वाहनहरूको नक्कली इनश्योरेन्स पलिसी तथा इन्श्योरेन्स पलिसाली रिन्यू गर्ने नाममा सिधा-सोझा मानिसहरूलाई ठगिँदै आएको थियो। पुलिसले यस सम्बन्धमा एकजना आरोपीलाई पक्राउ गरेको छ जसको पहिचान पटेल नगर निवासी खेमचन्द (35)-को रूपमा भेको छ। आरोपी खेमचन्दबाट पुलिसले 10 लाख रुपियाँ नगद, 11 वटा मोबाइल फोन. 2 वटा ल्यापटप, जाली इन्श्योरेन्स पलिसी लेटर तथा अलग-अलग इन्श्योरेन्स कम्पनीको रबर स्ट्याम्प सहित अन्य सामानहरू जफत गरेको छ।

आरोपीसित जाँचबुझ भइरहेको छ। खेमचन्द एमए पास हो। उसको नक्कली कल सेन्टरमा एघारजना युवतीहरूले काम गरिरहेका थिए। पुलिसले जाँचबुझपछि सबैलाई छोड़िदिएको छ। आरोपीले यिनीहरूलाई महिनामा आठ हजार रुपियाँ दिनको साथै इन्श्योरेन्स पलिसीबाट दुई प्रतिशत कमिशन पनि दिन्थ्यो। आरोपीले अहिलेसम्ममा कति नक्कली पलिसी बेचिसकेको छ पत्तो लगाइँदैछ।

मध्य जिल्लाका पुलिस उपायुक्त निधिन वल्सनले शनिवार बताए, एन्टी नारकोटिक्स सेलमा तैनाथ एसआई पंकज कुमार र हवलदार दिलशादलाई खबर प्राप्त भएको थियो, पटेल नगरमा एउटा कल सेन्टर संचालन भइरहेको छ। यहाँ वाहनहरूको एक्सपायर्ड इन्श्योरेन्स पलिसीलाई रिन्यू गर्ने नाममा सिधा-सोझा मानिसहरूलाई ठगिँदैछ। तत्कालै एउटा टीम गठन गरी टी-6, दोस्रो तला, पटेल नगरमा छापा मारियो। यहाँको एउटा कोठाभित्र एघारजना युवतीहरूलाई राखेर मानिसहरूलाई कल गराइँदैथ्यो। पुलिसले कल सेन्टरको मालिकलाई पनि समात्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande