
कोलकाता, 21 नोभेम्बर (हि.स.)। पश्चिम बंगालका सरकारी स्कूलहरूमा उच्च माध्यमिक शिक्षकहरूको नयाँ भर्ती प्रक्रिया अन्तर्गत साक्षात्कारको निम्ति योग्य घोषित 26 जना उम्मेद्वारहरूको अऩुभव प्रमाणपत्र जाली पाइएको छ। यो मामिला पश्चिम बंगाल स्कूल सर्भिस कमिशनद्वारा गत 18 नोभेम्बरमा शुरू गरिएको दस्तावेज जाँच प्रक्रियामा सामु आएको हो। कमिशनका एकजना अधिकारीले बताए, जाँच प्रक्रिया जारी छ र यी जाली प्रमाणपत्रहरू सामु आएपछि सबै साक्षात्कार योग्य उम्मेद्वारहरूको अनुभव दस्तावेजहरूको अझ बढ़ी सतर्कता पूर्वक जाँच गरिँदैछ।
यो भर्ती प्रक्रिया त्यस पृष्ठभूमिमा संचालित भइरहेको छ जतिबेला यस वर्षको गत अप्रेल महिनामा सर्वोच्च अदालतको खण्डपीठले लगभग 26 हजार नियुक्तिलाई रद्द गरिदिएको थियो। न्यायालये यो पनि स्पष्ट पारेको थियो, पैसा दिएर नोकरी हासिल गर्ने उम्मेद्वारहरूलाई नयाँ भर्तीमा सामेल गरिनेछैन।
यसबीच हालैमा प्रकाशित लिखित परीक्षा परिणामलाई चुनौती दिँदै कलकत्ता उच्च अदालतमा दुई वटा याचिका द र्ता गरिएको छ। पहिलो याचिकामा आरोप लगाइएको छ, पूर्वमा चिन्हित दागी उम्मेद्वारहरू जसलाई पैसा दिएर नोकरी पाउनेहरूको सूचीमा राखिएको थियो, पुनः साक्षात्कारको निम्ति योग्य भएका छन् जुन सर्वोच्च अदालतको आदेशको उल्लंखन हो। दोस्रो याचिकामा माग गरिएको छ, दश अंकको अऩुभव वेटेजमा राज्य सरकारद्वारा मान्यता प्राप्त निजी स्कूलहरूमा कार्यको अनुभवलाई पनि सामेल गरियो, किनभने वर्तमानमा यो लाभ केवल राज्य संचालित स्कूलहरूमा अनुभव भएका उम्मेद्वारहरूलाई मात्र प्राप्त छ।
यस भर्ती घोटालाको जाँच अवधि प्रवर्तन एजेन्सीहरूले पाएका थिए, हजारौं नियुक्ति नियम अनि प्रक्रियालाई किनाराकृत गरी पैसाको सट्टामा गरिएको थियो जसपश्चात केही अधिकारी, बिचौलीहरू तथा राजनीतिक हस्तिहरूलाई पक्राउ गरिएको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा