
सूरत, 22 नोभेम्बर (हि.स.)। गुजरातको सूरतस्थित सरथाणा क्षेत्रमा गए राती अर्थात 21 नोभेम्बरमा एकजना 28 वर्षीय महिला फिजियोथेरपी डाक्टरले नौ तलाबाट हाम फालेर आत्महत्या गरिन्। घटना साँझ लगभग 7:15 बजे एक शपिंग कम्प्लेक्सस्थित चाय पार्टनर क्याफेमा भएको हो। महिला डाक्टरको मृत्युको खबरले क्षेत्रमा कोकोहोलो मचियो। पुलिसले घटनाको जाँच शुरू गरेको छ।
मृतका राधिका जमनभाइ कोटडिया मूल रूपमा जामनगर जिल्ला अन्तर्गत कालावड़ तालुकाको बड़ी भेगड़ी गाउँकी निवासी थिइन् भने सरथाणाको विश्वा रेसिडेन्सीमा परिवारसित बस्थिन्। राधिकाले सरथाणा जकातनाकामा विकास शपर्सको पहिलो तलामा आफ्नो श्रीजी फिजियो क्लिनिक संचालन गर्थिन्। उनको परिवारमा माता-पिता र एकजना भाइ छन्।
राधिकाको 6 महिनाअघि मगनी भएको थियो र उसको विवाह आगामी 19 फरवरी, 2026-मा हुनुथ्यो। जानकारी अनुसार तिनी प्रायजसो नै आफ्नो मंगेतरसित यसै क्याफेमा जाने गर्दथिइन् भने त्यै स्थानबाट उनले हाम फालेर आत्महत्या गरेकी छन्। आत्महत्याको कारण अहिले स्पष्ट भएको छैन।
पुलिसको प्रारम्भिक जाँचमा अनुमान लगाइँदैछ, राधिकाले यो कदम मंगेतरसित भएको कुनै विवाद वा भावनात्मक तनाउको कारणले उठाएको हुनसक्छ। पुलिसले उनको मोबाइल फोनजफत गरेको छ भने परिवार तथा परिचितहरूसित पनिजाँचबुझ गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा