
पश्चिम मेदिनीपुर, 22 नोभेम्बर (हि.स.)। केशियाड़ी थाना क्षेत्रमा एउटा आश्चर्यको घटना घटेको छ जहाँ पुलिसले माइज्युलाई अपहरण गरी उसित बलजफ्ती सहवास गरेको आरोपमा भाञ्जालाई पक्राउ गरेको छ। आरोपीलाई गए शुक्रवार पक्राउ गरी शनिवार खड़गपुर अदालतमा पेश गरियो। न्यायाधीशले आरोपीलाई पाँच दिनको पुलिस हिरासतमा पठाउने आदेश दिएको छ।
पुलिस औ स्थानीय सूत्र अनुसार पछिल्लो केही महिनादेखिको आरोपीले नियमित रूपमा महिलाको घरमा आउने-जाने गरिरहेको थियो। महिलाले बताई, यसै अवधि युवकले उसलाई सताउने गर्दथ्यो अनि आफूसित भाग्नको लागि प्रोत्साहित गर्दथ्यो। ,
सिकायतमा महिलाले भनी, गत 14 नोभेम्बरको दिन उसको पति घरमा थिएन जसको मौका छोपेर आरोपीले महिलालाई पूर्व मेदिनीपुरको हल्दियास्थित पिताम्बरचकको एउटा भाड़ाको घरमा लिएर गयो। त्यहाँ बस्दा आरोपीले उसको मर्जी बिनै उसित कैयौं पटक सहवास गऱ्यो। महिलासित उसको दुईजना नानीहरू पनि थिए।
घटनाको जानकारी पाउनसाथ महिलाको पति घटनास्थलमा पुग्यो अनि पत्नी र नानीहरूलाई घरमा लिएर आयो। त्यसपछि 21 नोभेम्बरमा महिलाले आरोपीविरूद्ध लिखित सिकायत दर्ता गराई।
अर्कोतिर आरोपीले मीडिया समक्ष भन्यो, उसको महिलासित लामो समयदेखिकै सम्बन्ध रहेको थियो र महिलाले नै उसलाई बोलाउँथी। आफूलाई फसाइरहेको दाबी पनि आरोपीले गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा