
-मुख्यमन्त्री योगीले प्रयागराज माघे मेला क्षेत्रको गरे निरीक्षण
प्रयागराज, 22 नोभेम्बर (हि.स.)। विश्वप्रसिद्ध उत्तर प्रदेशको प्रयागराज त्रिवेणी तटमा प्रत्येक वर्ष आयोजना हुने माघे मेलाका तयारीहरूको मुख्यमन्त्री आदित्यनाथ योगीले शनिवार जायजा लिए। उनले मेलाका तयारीहरूलाई लिएर जिम्मेवार अधिकारीहरूलाई निर्देश दिए।
मुख्यमन्त्री योगी आदित्यनाथ प्रयागराजको संगम तटमा आयोजना हुने माघे मेलाको भूमि पूजन कार्यक्रममा सामेल हुन आएका थिए। यस अवधि उनले मेला क्षेत्रको निरीक्षण गरी जिम्मेवार अधिकारीहरूलाई दिशानिर्देश दिए। यस अवसरमा पत्रकारहरूलाई सम्बोधन गर्दै उनले भने, मलाई खुशी लागिरहेको छ कि यूपी सरकारले गंगा पूजा अनि ठूलो हनुमानजीको मन्दिरमा गएर माघे मेलाको तयारी शुरू गरेको छ। जिल्लाधिकारीको नेतृत्वमा प्रयागराज मेला अथोरिटीलाई महाकुम्भको जस्तै विराट इभेन्ट्सलाई म्यानेज गर्ने अऩुभव छ। आगामी वर्ष 2026-को माघे मेलाको तयारी वर्ष 2024- को तुलनामा व्यापक स्तरमा गरिनेछ। हाम्रो उद्देश्य उच्च स्तरीय सुविधा विशेष प्लाटुन ब्रिज दिनु हो।
सीएम योगीले भने, यसपालि मेला आगामी 3 जनवरी (पौष पूर्णिमा)-देखि शुरू हुनेछ। यस अवधि 15 र 23 जनवरी अनि 1 र 15 फरवरीमा मुख्य स्नानको मिति तय गरिएको छ। यस मेलामा व्यापक रूपमा कल्पवासीहरू आउने आशा छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा