
नयाँ दिल्ली, 22 नोभेम्बर (हि.स.)। मुख्यमन्त्री रेखा गुप्ताले आज दिल्ली हाट पितमपुरामा विभिन्न रेजिडेन्ट वेलफेयर एसोसिएशन (आरडब्ल्यूए)-लाई इलेक्ट्रिक हिटर वितरण गरिन्। मुख्यमन्त्रीले भनिन्, सरकारको यस पहलको उदेद्श्य जाड़ो मौसममा खुल्ला रूपमा आगो बालिनाले त्यहाँबाट निक्लेको धुँवा र प्रदूषणलाई घटाउनु हो।
मुख्यमन्त्रीले एक्स पोस्टमा भनिन्, खुल्ला आगोले प्रदूषण बढ़ाउँछ भने इलेक्ट्रिक हिटर एक सुरक्षित, स्वच्छ र व्यवहारिक विकल्प हो। यो सानो कदम पनि प्रदूषण नियन्त्रणमा ठूलो सहयोगी साबित हुनसक्छ। उनले भनिन्, हाम्रो सरकारले प्रदूषण नियन्त्रणलाई सर्वोच्च प्राथमिकता दिँदै हरेक मोर्चामा मिशन मोडमा काम गरिरहेको छ। मैला-कुचैलाको पहाल निरन्तर घटिरहेको छ, स्वच्छता र वृक्षारोपण अभियान निरन्तर जारी छ, सड़कहरूमा जल छिड़काउ अनि म्याकेनिकल स्वीपिंगलाई अझ प्रभावकारी बनाइएको छ। साथै स्मग टावरको स्थापना एव प्रदूशण फैलाउने वाहनहरू तथा औद्योगिक एकाईहरूको निगरानी पनि लगातार सशक्त रूपमा गरिँदैछ।
मुख्यमन्त्रीले भनिन्, दिल्लीको प्रदूषणलाई नियन्त्रण गर्नु हाम्रो संकल्प हो, हाम्रो जिम्मेवारी साथै हाम्रो प्राथमिकता पनि हो। हामी सबैको सहभागिता नै प्रदूषण विरोधी यस आन्दोलनमा सफलताको सबैभन्दा प्रभावकारी माध्मय हो। यस अवसरमा सांसद प्रवीण खण्डेलवाल, क्याबिनेट मन्त्री मनजिन्दर सिंह सिरसा, विधायक तिलक राम गुप्ता, राजकुमार भाटिया सहित आरडब्ल्यूएका प्रतिनिधिगण उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा