श्रीनगरमा सुरक्षित एवं शान्तिपूर्ण वातावरण सुनिश्चित गर्नको लागि हरसम्भव कदम उठाइएको छः सीआरपीएफ आईजी
श्रीनगरमा सुरक्षित एवं शान्तिपूर्ण वातावरण सुनिश्चित गर्नको लागि हरसम्भव कदम उठाइएको छः सीआरपीएफ आईजी


श्रीनगर, 22 नोभेम्बर (हि.स.): श्रीनगरमा सुरक्षित औ शान्तिपूर्ण माहोल सुनिश्चित गर्नको लागि हरसम्भव कदम उठाइएको छ, किनभने यहाँ तेस्रो सीआरपीएफ क्रिकेट टुर्नामेन्ट शुरू भएको छ। केन्द्रिय रिजर्भ पुलिस बल (सीआरपीएफ)- का महानिरीक्षक जनरल पीके शर्माले शनिवार पत्रकारहरूसित बातचित गर्दै उक्त मन्तव्य व्यक्त गरे।

आईजीपीले भने, यो टुर्नामेन्ट वर्ष 2023- देखिकै नोभेम्बर-दिसम्बर महिनामा निरन्तर आयोजना हुँदै आएको छ जसको उद्देश्य युवाहरूलाई जोड़्नु अनि खेल संस्कृतिलाई प्रेरित गर्नु हो। उनले भने, यस वर्ष श्रीनगर, बारामूला औ गाँदरबलका लगभग 123 वटा टीमहरूले चासो देखाए पनि समयको अभावले गर्दा ड्र निक्लियो अनि 16 वटा टीमहरूलाई शर्टलिस्ट गरिएको छ। यो टुर्नामेन्ट जम्मू औ कश्मीर क्रिकेट एसोसिएशनसित मिलेर आयोजना गरिँदैछ भने ग्राउण्ड कश्मीर यूनिभर्सिटीले उपलब्ध गराएको छ।

आईजीपी शर्माले भने, युवाहरूको सहभागितामाथि विशेष बल दिइएको छ। हामीले 19 देखि 23 वर्षसम्मका खेलाड़ीहरूको अधिकांश सहभागितालाई सुनिश्चित गर्नको लागि उमेरको रोक लगाएका छौं। कश्मीरमा धेरैजना क्रिकेट ट्यालेन्टहरू जोशमा छन्। खेलहरूको माध्यमबाट शान्ति, सद्भावलाई सशक्त बनाउन चाहन्छौं अनि युवाहरूसित पजिटिभ ढंगमा जोड़िन चाहन्छौं।

श्रीनगरमा सुरक्षा तैयारीहरूलाई लिएर आईजीपीले भने, सीआरपीएफ, जम्मू-कश्मीर पुलिस, आर्मी औ सिभिल एडमिनिस्ट्रेशनसित मिलेर शान्ति कायम राख्नको लागि काम गरिरहेका छौं। उनले भने, म बढ़ी डिटेलमा जान चाहन्नँ, किनभने आज एउटा स्पोर्ट्स इभेन्ट छ, तर हाम्रो पक्षबाट हरसम्भव कदम उठाइएको छ। उनले यो पनि भने, सीआरपीएफले पछिल्लो 35 वर्षदेखिकै यहाँ सेवा दिरहेको छ र मानिसहरूले उनीहरूलाई सहयोग पनि गरिरहेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande