
नयाँ दिल्ली, 22 नोभेम्बर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)- का दिल्ली प्रदेश अध्यक्ष वीरेन्द्र सचदेवा शनिवार नयाँ दिल्ली नगरपालिका परिषद (एनडीएमसी) कन्भेन्शन सेन्टरमा सरदार वल्लभभाइ पटेलको 150औं जयन्तीको उपलक्ष्यमा आयोजित यूनिटी मार्च-मा सामेल भए। यस कार्यक्रममा पार्टीका राष्ट्रिय अध्यक्ष एवं केन्द्रिय मन्त्री जगत प्रकाश नड्डाले मार्चलाई हरियो झण्डा देखाएर प्रस्थान गराए। कार्यक्रममा केन्द्रिय मन्त्री मनसुख माण्डभिया, सांसद बाँसुरी स्वराज सहित ठूलो संख्यामा पार्टीका पदाधिकारी, कार्यकर्ता एवं आम मानिसहरू उपस्थित थिए।
दिल्ली भाजपाका प्रदेश अध्यक्ष वीरेन्द्र सचदेवाले कार्यक्रमलाई सम्बोधन गर्दै भने, यो यूनिटी मार्च एउटा कार्यक्रम मात्र होइन, राष्ट्रको एकता, अखण्डता एवं अदम्य संकल्पको जीवन्त प्रतीक हो। सरदार पटेलको राष्ट्र निर्माणको अमेट विरासतले हामीलाई सिकाउँछ कि एकजुट भारत नै सशक्त भारत हो।
उनले भने, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा ‘विकसित भारत, आत्मनिर्भर भारत’- को संकल्पलाई पूरा गर्नको लागि सबैले मिलेर निरन्तर प्रयास गरिरहनेछौं।
दिल्ली भाजपाका प्रदेश अध्यक्षले यसलाई सरदार पटेलप्रति साँचो श्रद्धाञ्जली बताउँदै भने, लौह पुरूषले देखाएको मार्गमा अग्रसर हुँदै देशलाई एक सूत्रमा बाँध्ने संकल्प अझ मजबुत भएको छ।
यसरी नै भाजपा सांसद बाँसुरी स्वराजले भनिन्, सरदार पटेलले सारा भारतलाई एकताको सूत्रमा बाँधेका थिए। उनका शिक्षाहरूलाई अनुसरण गरेर उनको भिजनलाई प्रधानमन्त्री मोदीले अगाड़ि बढ़ाइरहेका छन्। भनले भारतलाई विकसित बनाउनको लागि यूथ लेड डेभलपमेन्टको मूलमन्त्र दिएका छन्। उनले भने, यूनिटी मार्चको आयोजन गरिएको छ। यसको नाम गंगा प्रवाह राखिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा