
कोलकाता, 22 नोभेम्बर (हि.स.)। पश्चिम बंगालमा पछिल्लो केही दिनदेखिको महसूस हुने जाड़ो हाल विलाएको छ। गए शुक्रवार राती शहरको न्यूनतम तापमान 19 डिग्री सेल्सियससम्म पुग्यो। मौसम विभागानुसार आगामी केही बिहानहरूको तापमान अझ बढ़्नसक्छ जसको प्रमुख कारण हो बंगालको खाड़ीमा विकसित भइरहेको निम्नचाप।
दक्षिण-पश्चिम बंगालको खाड़ीमा श्रीलंका औ तमिलनाडुबीच पहिलाबाटै विकसित निम्नचाप तमिलनाडुको निम्ति वर्षाको कारण भइरहेको छ। बंगालदेखि टाड़ा भए पनि यस सिस्टमको कारणले राज्यमा पछिल्लो केही दिनदेखिको जाड़ोको प्रभाव कम भएको छ। मौसम विभागले बताएको छ, आगामी केही दिनमा खाड़ीमा फेरि अर्को निम्नचाप विकसित हुने सम्भावना छ।
विभाग अनुसार दक्षिण-पूर्व बंगालको खाड़ीमा शनिवार एक चक्रवात विकसित हुने सम्भावना छ जुन आगामी सोमवारसम्ममा निम्नचापमा परिणत हुनसक्छ। यस प्रणालीको सोझो प्रभावले आन्ध प्रदेश अनि ओडिशाका तटीय क्षेत्रहरूमा मेघ ग र्जनसितै वर्षा हुने सम्भावना व्यक्त गरिएको छ। तमिलनाडुमा पनि वर्षा हुनसक्छ।
निम्नचापको प्रभावबाट बंगालको मौसममा नमीको स्तर बढ़्नसक्छ। राज्यका तटीय क्षेत्रहरूमा यसको प्रभाव देख्न सकिन्छ। आकाश आंशिक रूपमा मेघपूर्ण रहनेछ।
अर्कोतिर पश्चिमी विक्षोभको कारणले उत्तर बंगालमा पनि तापमान बढ़्ने संकेत छ। उत्तरका मैदानी जिल्ला एवं तराई क्षेत्रहरूको तापमानमा हल्का वृद्धि हुनसक्छ भने पहाड़ी जिल्लाहरूमा कतै-कतै सामान्य वर्षा हुनसक्छ। समग्रमा भन्नपर्दा आगामी केही दिनसम्म बंगालबाट शीतको अऩुभूति लगभग विलाउनेछ अनि निम्नचापको प्रभाव घट्दै गएपछि बिस्तारै जाड़ो फर्किनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा