
नयाँ दिल्ली, 22 नोभेम्बर (हि.स.)। मध्य जिल्लाको दरियागञ्ज थाना पुलिसले महँगो घड़ी तथा अन्य लग्जरी वस्तुहरू अनलाइन बेच्ने नाममा ठग्ने एउटा गिरोहको भण्डाफोर गरेको छ। पुलिसले यस सम्बन्धमा म्यूल अकाउण्ट (धोकाधड़ीको रकम लेन-देन गर्ने खाता) चलाइरहेकी महिलालाई पक्राउ गरेको छ जसको पहिचान फौजिया (33)-को रूपमा भएको छ। फौजियाको नामबाट दरियागञ्जस्थित निजी ब्यांकमा 51 लाख रुपियाँ ठगीको रकम आएको थियो। यस अतिरिक्त यसै नामबाट वर्तमान थातामा कड़ौं रुपियाँ लेनदेन भएको थाहा लागेको छ। हाल दिल्ली, राजस्थान, तेलंगाना, कर्नाटक, महाराष्ट्र औ तमिलनाडुका सात वटा सिकायतहरू बारे थाहा लागेको छ।
फौजिया र उसको पति शाहबाजले आफ्ना साथीहरूसित मिलेर देशभरिकै मानिसहरूलाई ठग्दै आएको थियो। जयपुर पुलिसले डेढ़ कड़ोर रुपियाँ ठगेको आरोपमा शाहबाज र उसका साथीहरूलाई पहिला नै पक्राउ गरेको थियो। पुलिसले फौजियासित जाँचबुझ गरी मामिलाको अनुसन्धान गरिरहेको छ। अन्य सिकायतकर्ताहरूको पनि पत्तो लगाइँदैछ।
मध्य जिल्लाका पुलिस उपायुक्त निधिन वल्सनले शनिवार बताए, एनसीआरपी पोर्टलको माध्यमबाट दरियागञ्ज थाना पुलिसलाई एक निजी ब्यांकमा ठगीको रकम लेन-देन गरेको थाहा लाग्यो। जाँच गर्दा जयपुरको एक निजी ब्यांकबाट ठगेको 10 लाख रुपियाँ यस खातामा आएको पत्तो लाग्यो। म्यूल अकाउण्ट रहेको कुरा पनि उजागार भयो। खाताको जाँच गर्दा यसमा दिल्लीबाट 10 लाख रुपियाँ, तेलंगानाबाट 19 लाख रुपियाँ, कर्नाटकबाट 8 लाख रुपियायं, बेंगलुरु कर्नाटकबाट 01 लाख रुपियाँ, हुबलीबाट 3 लाख रुपियाँ, महाराष्ट्रबाट 5 लाख रुपियाँ र तमिलनाडुबाट 5 लाख रुपियाँ आएको पत्तो लाग्यो। टीमलाई यस सम्बन्धमा सात वटा सिकायत प्राप्त भयो। तुरून्तै दरियागञ्ज थाना प्रभारी देवेन्द्र कुमार एवं अन्यको टीम बनाएर अनुसन्धान शुरू गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा