सर्भिस एक्सटेन्शन र री-इम्प्लोइमेन्टको विरोधमा सीएपीको एक दिने धरना
सर्भिस एक्सटेन्शन र री-इम्प्लोइमेन्टको विरोधमा सीएपीको एक दिने धरना


गान्तोक, 22 नोभेम्बर (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) ले आज राजधानीको सिच्छेस्थित जिल्ला प्रशासनिक केन्द्र परिसरमा एक दिवसीय शान्तिपूर्ण धरना आयोजन गऱ्यो। सर्भिस एक्सटेन्शन र री-इम्प्लोइमेन्टको विरोधमा आयोजित यस धरनामा सीएपीका वरिष्ठ नेतृत्वहरू र कार्यकर्ताहरू सहभागी बनेका थिए।

सीएपीले भनेको छ, धरनाको आयोजना विशेष गरी सर्भिस एक्सटेन्शन र री-इम्प्लोइमेन्टले राज्यको रोजगारी प्रणालीमा पार्ने हानिकारक प्रभावहरूलाई उजागर गर्न गरिएको थियो, जसले युवा पुस्तालाई महत्वपूर्ण अवसरहरूबाट वञ्चित गर्दछ। सीएपीले सत्ताधारी एसकेएम पार्टीलाई आफ्नो चुनावी घोषणापत्र पुनरावलोकन गर्न र सम्मान गर्न स्मरण गराएको ​छ।

एसकेएम पार्टीले आफ्नो घोषणापत्रमा सर्भिस एक्सटेन्शन र री-इम्प्लोइमेन्ट अभ्यासहरू समाप्त गर्ने वाचा गरेको दाबी गरिएको छ। सीएपी-सिक्किमले आफ्नो घोषणालाई कार्यरूपमा उतार्न असफल हुनु भनेको जनादेशको विश्वासघात हो भनी बताएको छ।

सीएपीले भनेको छ, सर्भिस एक्सटेन्शनको निरन्तरता केवल प्रशासनिक असफलता मात्र होइन, यो सिक्किमका प्रतिभाशाली र बेरोजगार युवाहरूप्रतिको नैतिक असफलता पनि हो। सरकारले आफ्नो घोषणापत्र प्रतिबद्धतालाई प्राथमिकता दिनुपर्छ र नयाँ प्रतिभाका लागि बाटो खोल्नुपर्छ।

सीएपीले सर्भिस एक्सटेन्शन र री-इम्प्लोइमेन्टको लाभ लिइरहेका अधिकारीहरूलाई सिक्किमको हितमा स्वेच्छाले आफ्नो पद त्याग गर्न आग्रह गरेको छ। सीएपीले राज्यमा पारदर्शी, समान र युवा-केन्द्रित शासनको लागि लड्न समर्पित रहेको जनाउॅंदै यो नीति फिर्ता नलिएसम्म सरकारमाथि दबाउ जारी राख्ने बताएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande