
मुर्शिदाबाद, 22 नोभेम्बर (हि.स.)। मुर्शिदाबाद जिल्लाको बहरामपुर थाना क्षेत्रमा गत बुधवार अबेर राती स्पेशल टास्क फोर्सले प्रचुर मात्रामा प्रतिबन्धित मादक पदार्थ जफत गऱ्यो जलांगी रोड सामु चेकपोस्ट मोड़ क्षेत्रमा गुप्त सूचनाको आधारमा गरिएको छापामारीमा एसटीएफको दुई वटा टीमले दुईजना अन्तर्राज्यीय ड्रग्स तस्करहरूलाई पक्राउ गऱ्यो जसको पहिचान मुर्शिदाबाद जिल्लाको सागरपाड़ा निवासी लालचन्द शेख (31) र निजाम शेख (30)- को रूपमा गरिएको छ।
छापामारी अवधि एसटीएफले 1.25 किलोग्रामभन्दा अधिक याबा ट्याबलेट जफत गऱ्यो जसको अऩुमानित बजार मूल्य एक कड़ोर रुपियाँभन्दा अधिक रहेको बताइएको छ। यस अतिरिक्त अन्य केही संदिग्ध नशालु पदार्थहरू पनि भेटिएको छ। अधिकारीहरू अनुसार जफत गरिएको नशालु पदार्थको मात्र अत्यधिक रहेको छ जसले गर्दा यो कुनै ठूलो सप्लाई नेटवर्कको अंग हुनसक्छ।
प्राथमिक जाँचमा थाहा लागे अनुसार आरोपीहरू मणिपुरदेखि पश्चिम बंगालसम्म याबा ट्याबलेट तस्करी गर्ने एउटा अन्तर्राज्यीय गिरोहसित जोड़िएका छन्। उनीहरूले यस खेपलाई राज्यमा सप्लाई गर्ने चेष्टा गरिरहेका थिए। एसटीएफले अब यस नेटवर्कका अन्य सदस्यहरूलाई खोज्न जुटेको छ।
घटनाको सम्बन्धमा बहरामपुर थानामा एनडीपीएस एक्ट, 1985 अन्तर्गत मामिला दर्ता गरिएको छ। पुलिसको भनाइ छ, यो पक्राउ राज्यमा सक्रिय ड्रग ऱ्याकेटमाथि ठूलो प्रहार हो र आगामी दिनमा पनि यस्तो अभियान जारी रहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा