
कोलकाता, 29 नोभेम्बर (हि.स.)। कोलकाता पुलिसको साइबर सेलले पूर्व क्रिकेटर सौरभ गांगुलीकी पत्नी औ नृत्यांगना डोना गांगुलीलाई लिएर सोशल मीडियामा गरिएको अभद्र टिप्पणीको सिकायतमा जाँच शुरू गरेको छ। डोनाले सोशल मीडियामा लगातार भइरहेको बडी शेमिंग तथा अश्लील टिप्पणीहरूलाई लिएर एक फेसबुक पेजविरूद्ध सिकायत दर्ता गरेकी थिइन्। यो मामिला कोलकाता अन्तर्राष्ट्रिय फिल्म समारोहमा उनले प्रस्तृुत गरेकी नृत्यपछि बढ़ेको थियो।
डोनाले शुरूमा गत बुधवार ठाकुरपुकुर थानामा सिकायत दर्ता गरेकी थिइन्। कोलकाता पुलिसद्वारा शनिवार बिहान जारी एक बयानमा बताइएको छ, मामिला लाल जारस्थित साइबर सेललाई सुम्पिइएको छ।
पुलिस अधिकारीहरू अनुसार सिकायतमा लगातार गरिएको अश्लील टिप्पणी तथा आपत्तिजनक पोस्टको बारेमा उल्लेख गरिएको छ। पुलिसले ‘अज्ञात व्यक्ति’ -विरूद्ध औपचारिक मामिला दर्ता गरेर जाँच शुरू गरिसकेको छ। जाँच अधिकारीले अब फेसबुकबाट त्यस पेजको विवरण माग्नेछन् जुन यस किसिमको टिप्पणीको लागि जिम्मेवार छ।
पुलिस सूत्रले बतायो, सोशल मीडियामा ट्रोलिंग, अभद्र टिप्पणी औ घृणा फैलाउने सन्देश साइबर अपराधको श्रेणीमा पर्दछ। कतिपय मानिसहरू यो अपराध हो भन्ने कुरा बुझ्दैनन्। कतिपयले यो कुरा राम्ररी बुझेर पनि यस्तो गर्ने गर्दछन्। पुलिसको भनाइ छ, अज्ञानताले कसैलाई दोषमुक्त बनाउँदैन।
पुलिसले बतायो, गए शुक्रवार साँझसम्म यस मामिलामा कसैलाई पक्राउ गरिएको थिएन। जाँच जारी छ। साइबर सेलले चाँढ़ै नै सम्बन्धित सोशल मीडिया प्रोफाइललाई चिन्हित गर्ने दिशामा कदम चालेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा