
खरसाङ, 7 दिसम्बर (हि.स.)। खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत तीनको रोहिणी क्षेत्रमा पर्ने अप्पर चिसो पानीमा सामाजिक सुरक्षा योजना अन्तर्गत एकजना लाभार्थीले पचास हजार रुपियाँ प्राप्त गरेका छन्। अप्पर चिसो पानीका अमीत थापाको निधन भएपछि उक्त योजना अन्तर्गत उनका आमाले पचास हजार रुपियाँ प्राप्त गरेकी छन्।
यस विषयमा घैयाबारी ग्राम पञ्चायत तीनका पञ्चायत प्रधान सुष्मा वाईबाले सबैलाई सचेत गराउँदै सामाजिक सुरक्षा योजना अन्तर्गत सबैले लाभ उठाउन सक्ने जनाएकी छन्। उनले जन साधारणहरुलाई यो योजनासहित सरकारका अन्य धेरै योजनाहरुबाट लाभ उठाउन आह्वान गरेकी छन्।
हिन्दुस्थान समाचार / हनोक