
नयाँ दिल्ली, 29 नोभेम्बर (हि.स.)। दिल्ली पुलिसको स्पेशल सेलले केन्द्रिय एजेन्सीहरूरको मद्दतले उत्तरी जिल्लाको कुख्या ग्यांगस्टर हरसिमरन उपनाम बादल उपनाम सिमरनलाई थाइल्याण्डबाट पक्राउ गऱ्यो। आरोपी जाली पासपोर्टमा जनवरी, 2025-मा देशबाट भागेको थियो अनि विदेशबाट ग्यांगलाई संचालन गर्ने तयारी गरिरहेको थियो। गत 26 नोभेम्बरमा उसलाई ब्यांककदेखि डिपोर्ट गरिएपछि दिल्ली एयरपर्टमा पक्राउ गरियो।
स्पेशल सेलका पुलिस उपायुक्त अमित कौशिकले शनिवार बताए, जाँचमा थाहा लागे अनुसार हरसिमरनले उत्तर प्रदेशको गोरखपुरबाट राजेश सिंहको पहिचानबाट जाली पासपोर्ट बनाएको थियो। यसै पासपोर्टको आधारमा उ लखनऊदेखि ब्यांकक भागेको थियो। विदेश पुगेपछि उसले आफूविरूद्ध गवाही दिनेलाई धम्की दियो अनि 50 लाख रुपियाँको रंगदारी माग्यो।
पुलिस उपायुक्त अनुसार पुलिस जाँचमा सामु आयो, आरोपी कुख्यात ग्यांगस्टर गोल्डी ढिल्लोको सम्पर्कमा थियो।उसैको निर्देशमा उसले दुबई, अजरबैजान, रूस तथा बेलारूसको मार्ग भेर यूरोप जाने प्रयास गरिरह्यो, तर हरेक पटक नै पक्रा पऱ्यो वा फिर्ता गराइयो। उसको लेकेशन ट्रेस भएपछि दिल्ली पुलिसले केन्द्रिय एजेन्सीहरूसित सम्पर्क गऱ्यो। विदेश मन्त्रालयले उसको पासपोर्टलाई रद्द गरिदियो।
पुलिस अधिकारी अनुसार 38 वर्षीय हरसिमरनमाथि वर्ष 2005-देखि अहिलेसम्मका 23 वटा गम्भीर मुद्दा दर्ता छ जसमा हत्या, हत्याको प्रयास, रंगदारी औ आर्म्स एक्टका केही मामिलाहरू सामेल छन्। उ शालिमार बाग थानाको घोषित उपद्रवी हो र जेलमा बस्दा केही ठूला अपराधीहरूको सम्पर्कमा आएको थियो।
पुलिस अनुसार उत्तरी जिल्लामा उसले आफ्नो ग्यांग बनाएर रंगदारी तथा फायरिंगका केही घटनाहरूलाई परिणाम दियो। विरोध गर्नेहरूलाई धम्क्याउने, कुटपिट गर्नु तथा फायरिंग गर्नु उसको लागि सामान्य कुरा थियो। डिपोर्ट भएर दिल्ली फर्किएपछि उसलाई स्पेशल सेलले पक्राउ गऱ्यो भने अब उसित जाँचबुझ भइरहेको छ। पुलिसले उसको विदेशी नेटवर्क, सहयोगी तथा जाली दस्तावेज ग्यांगको कड़ा जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा