बेपता युवकको शव तलाउबाट उद्धार
बेपता युवकको शव तलाउबाट उद्धार


बीरभूम, 29 नोभेम्बर (हि.स.)। बीरभूम जिल्लाको कड़िध्या क्षेत्रमा पुलिसले शनिवार तीन दिनदेखि बेपता भएका युवकको शवलाई तलाउबाट उद्धार गरेको छ। उक्त युवकको हत्या गरेको आरोपमा एकजना व्यक्तिलाई पक्राउ गरेको छ। मृतकका आफन्तहरूले आरोपीलाई कड़ाभन्दा कड़ा सजाय दिने माग गरेका छन्।

मृत्त युवकको नाम विक्रम अंकुर हो जो सिउड़ीको कड़िध्या क्षेत्रमा बस्थे। परिवार अनुसार गत बुधवार साँझ नै उ घरबाट हिँड़ेको थियो, तर अबेर रातीसम्म पनि घरमा फर्केन। वरपर खोजतलास गर्दा कतै केही सुइँको लागेन। गत बिहीवार परिवारले थानाा मिसिंग डायरी दर्ता गरायो। युवकसँगसँगै बाइक पनि हराएको डायरीमा उल्लेख गरियो।

अनुसन्धानको क्रममा पुलिसले गाउँकै मनोजीत हाजराको घर नजिक उसको बाइक भेट्यो। यस आधारमा मनोजीतसित जाँचबुझ गर्दा पुलिसले उसको कब्जाबाट विक्रमको मोबाइल फोन पनि जफत गऱ्यो। कड़ा जाँचबुझको दबावमा मनोजीतले अन्ततः आफ्नो अपराध स्वीकार गऱ्यो।

पुलिस अनुसार आरोपीले बतायो, घटना घटेको दिन उ र विक्रम सँंगै थिए। त्यै दिन उनीहरूको बीचमा कुनै कुरालाई लिएर बहस भयो। झगड़ा बढ़्दा मनोजीतले विक्रमलाई धक्का दिएर नजिकैको तलाउमा फालिदियो।

आरोपीको बयानको आधारमा पुलिसले तलाउमा खोजी अभियान चलायो, यसै क्रममा विक्रमको शव भेटियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande