नगाउँ प्रशासनको कामपुर क्षेत्रमा अतिक्रमण हटाऔं अभियान शुरू
नगाउँ प्रशासनको कामपुर क्षेत्रमा अतिक्रमण हटाऔं अभियान शुरू


नगाउँ, 29 नोभेम्बर (हि.स.)। असमको नगाउँ जिल्ला प्रशासनले कामपुर क्षेत्रमा शनिवार व्यापक स्तरमा अतिक्रमण हटाऔं अभियान शुरू गरेको छ। प्रशासनिक टीमले कंदापुर, चामखोला औ लुटुमारी क्षेत्रमा सरकारी भूमिलाई अतिक्रमण मुक्त बनाइरहेको छ।

प्रशासनिक आँकड़ा अनुसार लगभग 5,962 बिघा सरकारी भूमिलाई अतिक्रमण मुक्त बनाउने लक्ष्य निर्धारण गरिएको छ। शान्ति काय राख्न अनि कारबाहीलाई सुचारू रूपमा अगाड़ि बढ़ाउनको लागि सुरक्षा बल अनि राजस्व अधिकारीहरूलाई तैनाथ गरिएको छ।

अधिकारीहरूले बताए, अहिलेसम्म अभियान शान्तिपूर्वक नै भइरहेको छ। स्थानीय स्तरमा कुनै ठूलो विरोधको सामना गर्न परेको छैन। प्रशासनको भनाइ छ, खाली गरिएको भूमिलाई भविष्यमा विभिन्न विकासात्मक तथा जनहितकारी परियोजनाहरूको लागि प्रयोग गरिनेछ। यो कारबाही जिल्लामा अवैध कब्जालाई रोक्न तथा सरकारी भूमिलाई उसको मूल सार्वजनिक उपयोगको लागि पुनः स्थापित गर्ने व्यापक अभियानको एक भाग हो।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande