मणिपुरमा प्रीपाक (प्रो) क्याडर पक्राउ
मणिपुरमा प्रीपाक (प्रो) क्याडर पक्राउ


थौबल (मणिपुर), 29 नोभेम्बर (हि.स.)। मणिपुरमा धन आर्जन तथा उग्रवादी गतिविधिहरूमाथि लगाम लगाउनको लागि संचालित अभियानको क्रममा सुरक्षा बलहरूले थौबल जिल्लाको खंगाबोक पार्ट-II बाट प्रीपाक (प्रो) संगठनका एक जना क्याडरलाई पक्राउ गरेका छन्। पुलिस प्रवक्ताले शनिवार बताए, बितेको दिनमा संचालित विशेष अभियानमा सुरक्षा बलहरूले उक्त क्याडरलाई पक्राउ गरे।

पक्रा पर्ने क्याडरको पहिचान थौबल जिल्लाको अथोकपम अवांग लाइकाई निवासी 24 वर्षीय खंगेबम नेल्सन सिंह उपनाम खंगाम्बाको रूपमा भएको छ। उसको कब्जाबाट एउटा मोबाइल फोन र सिम कार्ड जफत गरिएको छ जसको आधारमा धन आर्जनको नेटवर्क तथा उग्रवादी गतिविधिहरूसित सम्बन्धित महत्वपूर्ण प्रमाणहरू पाइने आशा व्यक्त गरिँदैछ। राज्यभरि नै सुरक्षा बलहरूले गुप्त जानकारीमाथि आधारित कम्बिंग, कर्डन औ सर्च अपरेशनलाई तीव्र बनाएका छन्। संवेदनशील क्षेत्रहरूमा सुरक्षालाई अझ सुदृढ़ बनाइएको छ। अधिकारीहरूले भने, उग्रवादी समूहहरूद्वारा क्षेत्रलाई अस्थिर बनाउनले कुनै पनि प्रयासलाई विफल बनाउनको लागि सुरक्षा बलहरू सतर्क छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande