‘राज भवन’- को नाम परिवर्तित, अब हुनेछ ‘लोक भवन’
‘राज भवन’- को नाम परिवर्तित, अब हुनेछ ‘लोक भवन’


गुवाहाटी, 29 नोभेम्बर (हि.स.)। केन्द्रको गृह मन्त्रालयद्वारा जारी हालैको परिपत्र तथा वर्ष 2024- को राज्यपाल सम्मेलनमा सुझाइएको प्रस्तावको आधारमा देशभरि नै राज्यपालहरूको आवासको नाम परिवर्तन गर्ने प्रक्रिया शुरू भएको छ। यसै क्रममा असम सरकारले पनि ‘राज भवन’- को नाम परिवर्तन गरेर ‘लोक भवन’ बनाउने निर्णय लिएको छ।

जारी अधिसूचना अनुसार गृह मवित्रालयके मेमो संख्या 7/10/2025 (पार्ट)-एम एण्ड जी दिनांक 25 नोभेम्बर, 2025- को आधारमा यो स्पष्ट पारिएको छ कि अब राज्यपालको कार्यालयलाई ‘लोक भवन’ अनि उपराज्यपालको कार्यालयलाई ‘लोक निवास’- को नामले चिनिनेछ। यसै निर्णय अनुरूप ‘‘राजभवन असम’’- को सट्टा अब आधिकारिक रूपमा ‘‘लोकभवन असम’’ नाम प्रयोग गरिनेछ। सरकारको मान्यता छ, यो परिवर्तनले संस्थानको जनोन्मुखी भूमिकालाई अधिक स्पष्ट रूपमा प्रतिबिम्बित पार्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande