बेलदाः राष्ट्रिय राजमार्गमा दुर्घटनालाई रोक्नको लागि रनवेमा राखियो रिफ्लेक्टिभ बालुवाको बोरा
बेलदाः राष्ट्रिय राजमार्गमा दुर्घटनालाई रोक्नको लागि रनवेमा राखियो रिफ्लेक्टिभ बालुवाको बोरा


पश्चिम मेदिनीपुर, 29 नोभेम्बर (हि.स.)। जिल्लाको बेलदामा राष्ट्रिय राजमार्गमा दुर्घटनाहरूलाई रोक्ने उद्देश्यले बालुवाले भरिएको बोराहरूलाई थाक पारियो। उल्लेखनीय छ, केन्द्र सरकारद्वारा आपतकालीन विमान अवतरणको लागि बनाइएको रनवेको कारणले बेलदादेखि पोक्तापोलसम्म राष्ट्रिय राजमार्गलाई विस्तार गरिएको छ। सड़क चौड़ा भएको कारणले वाहनहरूको गतिमा तीव्रता आएको छ फलस्वरूप लगादार दुर्घटनाहरूको संख्या बढ़िरहेको छ। कैयौं पटक चेताउनी दिइएको भए पनि द्रूत गति नियन्त्रित नभएको कारणले राष्ट्रिय राजमार्ग प्राधिकरणलाई कड़ा कदम उठाउनु पऱ्यो।

शुक्रवार रनवे प्राधिकरणको पक्षबाट पोक्तापोलदेखि बेलदाको श्यामपुरासम्म लगभग 400 रिफ्लेक्टिभ (रेडियमयुक्त) बालुवाले भरिएका बोराहरूलाई रनवेको मध्य भागमा थाक पारेर राखिएको छ। अधिकारीहरूको भनाइ छ, यो अस्थायी अवरोधकले वाहन चालकहरूलाई आफ्नो वाहनको गतिलाई नियन्त्रण गर्न बाध्य बनाउनेछ। यसबाट दुर्घटनाहरूमा कमी आउनेछ।

राष्ट्रिय राजमार्ग प्राधिकरणले वाहन चालकहरूलाई गति सीमालाई पालन गर्ने अनि डिभाइडरका नियमहरूलाई कड़ाईपूर्वक अनुसरण गर्ने चेताउनी दिँदै भन्यो, सड़क सुरक्षाको हितमा यो कदम आवश्यक थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande